मुख्य समाचार
रुसी फिल्म फेस्टिभल ‘मेसेज टु म्यान’को जुरी प्रमुखमा मीन भाम
रुसी फिल्म फेस्टिभल ‘मेसेज टु म्यान’को जुरी प्रमुखमा मीन भाम

। नेपाली फिल्म निर्देशक मीनबहादुर भाम रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ‘मेसेज टु म्यान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२४’ को जुरी प्रमुख चुनिएका छन् ।

रुसको सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने यो फेस्टिभलको ३४ औं संस्करण आइतबारदेखि सुरु भएको छ । फेस्टिभलका अन्य जुरीमा लोकार्नो फिल्म फेस्टिमलका प्रोग्रामर, अर्जेन्टिना र टर्कीका दुई फिल्म निर्माता र रुसका एक कस्ट्युम डिजाइनर छन् ।

‘उहाँहरुले बर्लिनमा शाम्बाला हेर्नुभएको रहेछ । त्यसपछि अनौपचारिक रुपमा खबर गर्नुभएको थियो । मलाई जुरी प्रमुखको रुपमा छनोट गरेको दुई महिना भयो’ भामले सेन्ट पिटर्सबर्गबाट अनलाइनखबरसँग भने ।

आफू रुसको पुरानो र प्रतिष्ठित फेस्टिभलमा नियुक्त हुनुलाई आफूले नेपाली फिल्मको बजार विस्तार र विश्व सिनेमामा नेपाली फिल्मको दायरा फराकिलो भएको अर्थमा बुझेको भामले बताए ।

‘कालोपोथीपछि मैले यो अवसर पाएको थिइन । यसपटक शाम्बालाले त्यो अवसर दिएको छ । खुसी छु’ उनले भने ।

जुरी प्रमुख भाम र फेस्टिभल प्रमुख एवं रुसका प्रसिद्ध फिल्ममेकर अलेक्जइ उचिटेलले संयुक्त रुपमा फेस्टिभलको उद्घाटन गरेका थिए । यस वर्षको फेस्टिभलमा ३० मुलुकका ७८ फिल्म छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा ...
। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् । ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै ...
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...