मुख्य समाचार
डेंगु नियन्त्रण गर्न ललितपुरका २९ वटै वडामा नि:शुल्क परीक्षण अभियान
डेंगु नियन्त्रण गर्न ललितपुरका २९ वटै वडामा नि:शुल्क परीक्षण अभियान

। ललितपुर महानगरपालिकामा लामखुट्टेजन्य रोग फैलिँदै गएको भन्दै पालिकाका २९ वटै वडामा निशुल्क फिबर क्लिनिक अभियान सुरु गरेको छ ।

समुदायस्तरमा फैलिएको डेंगु तथा मलेरियालगायत रोग नियन्त्रणका लागि निशुल्क ज्वरो परीक्षण थालिएको महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी दिइन् ।


महानगका अनुसार निशुल्क फिबर क्लिनिकमा डेंगु, मलेरियाबाहेक अन्य ज्वरोको पनि परीक्षण हुनेछ । ‘हाम्रो अनुमानमा यो जोखिम मंसिर मसान्तसम्मै रहने भएकाले त्यसलाई रोक्न निशुल्क परीक्षण थालेका हौं’, उनले भनिन् ।

महानगरपालिकाले वडा नं. ६ को कार्यालय, वडा नं. १४ को उमा महेश्वर सामुदायिक स्वास्थ्य सेवा केन्द्र, वडा नं. २२ को बुङमती स्वास्थ्य चौकी र वडा नं. २५ सैवु स्वास्थ्य चौकीमा निशुल्क परीक्षण व्यवस्था गरेको छ ।


महर्जनका अनुसार ललितपुर जिल्लाभर २ हजार डेंगु संक्रमित हुँदा ललितपुर महानगरपालिका मात्रै १ हजार ४८० जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम