मुख्य समाचार
बंगलादेश पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिए
बंगलादेश पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिए

: साबिक विजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको पहिलो खेलमै हारबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको समूह ‘ए’ को खेलमा बंगलादेश पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको बंगलादेशले इन्जुरी समयमा गोल गर्दै बराबरी गरेको थियो ।



निकै प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमा जहमेना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएकी थिइन् । दुई विपक्षी रक्षकलाई बिट गर्दै जहमेनाले उत्कृष्ट गोल गरेकी थिइन् । इन्जुरी समयमा सम्सुनुहार जुनियरले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाएकी थिइन् । यसअघि सर्वाधिक सफल टोली भारतसँगको पहिलो खेलमा पाकिस्तान ५–२ गोलले पराजित भएको थियो । समूह ‘ए’मा भारतले एक खेलमा तीन अंक जोडेको छ । बंगलादेश र पाकिस्तानको भने एक÷एक अंक छ । बंगलादेश र पाकिस्तानबीच बुधबार हुने खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा भुटान र श्रीलंका आमनेसामने हुँदा अर्को खेलमा घरेलु टोली नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टोलीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । यस्तै समूह ‘बी’मा नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।


साफ च्याम्पियनसिप नेपालले आयोजना गर्न लागेको तेस्रो पटक हो । यसअघि सन् २०१९ र २०२२ मा पनि नेपालले नै आयोजना गरेको थियो । सन् २०२२ को संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ । यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ ।

६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ । चार पटक भारतसँग पराजय बेहोरेको नेपाल अघिल्लो संस्करणमा बंगलादेशसँग घरेलु मैदानमै स्तब्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित