मुख्य समाचार
सहरीमन्त्री सिंहको १०० दिने उपलब्धिमा पुरानै आयोजनाको सूची
सहरीमन्त्री सिंहको १०० दिने उपलब्धिमा पुरानै आयोजनाको सूची

। नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशनमान सिंहले लक्ष्य अनुसार काम गर्न सकेको दाबी गरेका छन् ।

३१ असारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका सिंह मन्त्रालयले लिएको अधिकांश लक्ष्य भेटेको दाबी गर्छन् । तर, उनले कार्यकालको १ सय दिनभित्र लक्ष्य प्राप्त गरेको दाबी गरेका आयोजना भने कुनै पनि नयाँ होइनन् ।

निर्माणाधीन आयोजनाहरू सकेर सहरी विकास मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै सरकारले १ सय दिनका लागि लिएको लक्ष्य प्राप्तिमा मन्त्रालय सफल भएको सिंहले दाबी गरे ।

मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार सय दिनका लागि १२ वटा लक्ष्य लिइएको थियो । तीमध्ये आठले पूर्णलक्ष्य हासिल गरेको र दुइटाले आंशिक तथा एउटा चालु अवस्थामा रहेको छ ।


थिएन नयाँ लक्ष्य, निर्माणाधीन योजनामात्र सकियो

सहरी विकासमन्त्री सिंहले सय दिनभित्र निर्माणाधीन योजना सक्ने र नयाँ सञ्चालन गर्ने लक्ष्य लिएका थिए । मन्त्रालयका अनुसार धरहरा सञ्चालन गर्ने, प्राकृतिक विपद्का बेला चार वटा इमर्जेन्सी सेल्टर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा दुइटा पूरा भएको र तीन निर्माणाधीन छ । यस्तै सात स्वास्थ्य भवन निर्माण सक्ने लक्ष्य पूरा भएको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले सय दिनको लक्ष्य अन्तर्गत जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माण सकिएर सञ्चालनमा आएको जनाएको छ ।

मन्त्रालयले नयाँ सरकार आएको सय दिनमा भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास क्षेत्रमा सबै मन्त्रीलाई स्थान्तरण गर्ने लक्ष्य लिएकोमा १८ जना संघीय मन्त्री, राष्ट्रिय सभाका उपाध्यक्ष र जवान लाइनको तीन वटै भवनमा सुरक्षाकर्मी बसिसकेको तथा बाँकी मन्त्री पनि केही दिनमा सर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै सय दिनभित्र निर्माणाधीन दमक व्यापारिक कम्पलेक्स, चितवन सौराहा सभाहल भवन निर्माण सक्ने लक्ष्य पूरा भएको मन्त्रालयले जनाएको छ । निर्माणाधीन थापाथलीस्थित नेपाल राष्ट्र बैंक कार्यालय भवन पुनर्निर्माण सकेर हस्तान्तरण गर्ने लक्ष्य राखेकोमा उक्त काम पनि पूरा भएको मन्त्रालयले जनाएको छ ।

यस्तै एक सय दिन अगाडि निर्माणाधीन २५ स्थानीय तहको प्रशासकीय भवन निर्माण सकेर सार्वजनिक सेवा सुचारु गर्न सक्ने लक्ष्य पूरा भएको मन्त्री सिंहले बताए ।

यस्तै ४० झोलेुङ्गे पुल निर्माण सक्ने लक्ष्य लिएको सहरी विकास मन्त्रालयले ४० निर्माण सम्पन्न्न गरेको जनाएको छ भने बाढीको कारण १० वटाको निर्माण कार्य ढिला भएको जनाएको छ ।

त्यसैगरी रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण सम्पन्न हुनुलाई पनि मन्त्रालयले आफ्नो सय दिने लक्ष्यको सूचीमा राखेको छ ।

२०७२ असोजमा निर्माण सुरु भएर अलपत्र हुँदै, बन्दै आएको उक्त पुल निर्माण भर्खरै सकिए पनि पुलको भुक्तानी र फरफारक हुन अझै बाँकी छ ।

सय दिनको लक्ष्यमा राखेर सम्पन्न हुन नसकेका आयोजनामा मन्त्रालयले गोकर्णदेखि गुह्‍येश्‍वरी सम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापनको काम देखाएको छ ।

सय दिने लक्ष्य राखे पनि असोज दोस्रो साता आएको बाढीले काम गर्न नसकेको जनाएको छ । अहिले उक्त कामको ओभरफ्लो निरीक्षण गर्ने, छोपिएको म्यानहोल खोज्ने कार्य र सर्भे अन्तिम चरणमा रहेको मन्त्रालयको दाबी रहेको छ ।

काम भइरहेको छ, नतिजा आउन समय लाग्छ : सिंह

‘सय दिनभित्र निर्माणाधीन योजना सकिएको मात्र होइन, नयाँ काम पनि भइरहेका छन्, आजकै भोलि रिजल्ट आउँदैन । रिजल्ट देखिन समय लाग्छ,’ उनले भने ।

सिंहले सहर सुरक्षित गर्नका लागि आवश्यक नीति बनाउन आफूले काम गरिरहेको सिंहले बताए ।

‘मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम पनि हामी गरिररहेका छौं । त्यसका लागि पटक–पटक सरोकारवाला निकायसँग पनि छलफल गरिरहेका छौं,’ सिंहले भने, ‘काम गर्नेहरूलाई काम गर्ने वातावरण बनाउने गरी नयाँ नीति र ऐन ल्याउने काम गरिरहेका छौं ।’

सिंहले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत काम अघि बढेको मन्त्रालयका सचिव गेलालको भनाइ छ ।

‘दमक व्यापारिक भवन, बुटवल सभा हल, धरहरा जस्ता ठूला संरचना निर्माण भइसकेपछि सहरी विकास मन्त्रालयले नै सञ्चालन गर्ने हो र ? बनाउन पनि खर्च ग¥यौं, अब सञ्चालनमा पनि खर्च गर्ने होइन,’ उनले भने, ‘त्यसैले यसलाई कसरी सञ्चालन गर्ने भनेर हामीले गठनादेश बनाएर अहिले क्याबिनेट लगेका छौं । सम्भवतः अबको क्याबिनेटबाट स्वीकृत होला ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, 'राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन ...
— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । ‘जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस्,’ उनले भने । सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुको खरेन्द्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने पनि चेतावनी दिए ...
— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताएका छन् । सोमबार जनसभालाई सम्बोधन गर्न कनकासुन्दरीको गोरुचौर आइपुगेका दाहालले वर्तमान सरकारले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको भन्दै यो सरकारबाट योभन्दा थप अपेक्षा गर्न सक्ने अवस्था नरहेको बताए । प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले भने, 'मैले उति बेला नै ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक जात्रा र पर्वहरुमा जात्रामा भड्काउ खालका गतिविधि हुन थालेको बताएका छन् । उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक बालेनको फोटो अंकित टिर्सटसहित इन्द्रजात्रामा सहभागी भएकोतर्फ संकेत गर्दै उनले मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका ...
। डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न भन्दै ऊर्जामन्त्री दिपक खड्काले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । ऊर्जामन्त्री खड्काले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत पदाधिकारी तथा केही उद्योगीहरूलाई मन्त्रालयमा बोलाएका थिए । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्नुपर्ने उद्योगीहरूलाई ८ कात्तिकसम्म रकम भुक्तानीका लागि ताकेता गरेको, तर प्रमाण नदिएसम्म बक्यौता भुक्तानी नगर्ने उद्योगीहरूको ...