मुख्य समाचार
जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस् : नेपाल
जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस् : नेपाल

— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । ‘जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस्,’ उनले भने ।



सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुको खरेन्द्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने पनि चेतावनी दिए । ‘आफ्नो बाहेकको अस्तित्व नदेख्नेले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर गएको संसारको इतिहास छ,’ उनले भने, ‘संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो ।’


विचार र मन मिल्नेसँग मोर्चा, सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए । तर, एकता भने नगर्ने उनले सुनाए । माओवादी र एमालेमा आफूहरू जान लागेको हल्लामात्र भएको पनि उनको दाबी थियो । चुनौती धेरै भए पनि पार्टी आफ्नै शक्तिमा उभिएर अघि बढ्दै गएको नेपालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, 'राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन ...
— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताएका छन् । सोमबार जनसभालाई सम्बोधन गर्न कनकासुन्दरीको गोरुचौर आइपुगेका दाहालले वर्तमान सरकारले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको भन्दै यो सरकारबाट योभन्दा थप अपेक्षा गर्न सक्ने अवस्था नरहेको बताए । प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले भने, 'मैले उति बेला नै ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक जात्रा र पर्वहरुमा जात्रामा भड्काउ खालका गतिविधि हुन थालेको बताएका छन् । उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक बालेनको फोटो अंकित टिर्सटसहित इन्द्रजात्रामा सहभागी भएकोतर्फ संकेत गर्दै उनले मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका ...
। डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न भन्दै ऊर्जामन्त्री दिपक खड्काले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । ऊर्जामन्त्री खड्काले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत पदाधिकारी तथा केही उद्योगीहरूलाई मन्त्रालयमा बोलाएका थिए । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्नुपर्ने उद्योगीहरूलाई ८ कात्तिकसम्म रकम भुक्तानीका लागि ताकेता गरेको, तर प्रमाण नदिएसम्म बक्यौता भुक्तानी नगर्ने उद्योगीहरूको ...
— प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आमजनता पार्टीले सत्ता गठबन्धन दल कांग्रेस-एमालेले ‘दुई दलीय तानाशाही लाद्न, अन्य दललाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिपक्ष दलहरुले अन्य राजनीतिक दलहरू ...