मुख्य समाचार
सगरमाथामा भेटिएको बुटको रहस्यमाथि फिल्म बनाउँदै अस्कर विजेता दम्पती
सगरमाथामा भेटिएको बुटको रहस्यमाथि फिल्म बनाउँदै अस्कर विजेता दम्पती

। सय वर्षअघि सगरमाथा क्षेत्रमा हराएका एक बेलायती पर्वतारोहीको बुट गत महिना भेटियो । यो बुटबारे संसारभरका मिडियाले समाचार सम्प्रेषण गरिरहेका छन् ।

नेसनल जिओग्राफिकका निम्ति वृत्तचित्र बनाउन गएको पर्वतारोहीको एउटा समूह हिमनदीको बरफ पग्लिँदा बाहिर निस्किएको उक्त बुट फेला पारेको थियो । उक्त बुट सुरक्षित अवस्थामा थियो ।




सो बुट सन् १९२४ मा आफ्ना साथी जर्ज म्यालोरीसँग सगरमाथा चढ्ने क्रममा बेपत्ता भएका एन्ड्रयू कोमिन ‘स्यान्डी’ अभिनको हो भन्ने विश्वास गरिएको छ ।

यो बुटलाई लिएर किन चर्चा भइरहेको छ भने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शिखरमा पुग्नुभन्दा २९ वर्षअघि म्यालोरी र अभिनको जोडी सगरमाथा आरोहण गर्न गएको थियो । तर सफल भएको थियो वा थिएन भन्ने पुष्टि भइसकेको छैन । यदि आरोहण सफल भएको थियो भने पहिलो सगरमाथा आरोहीबारेको इतिहास बदलिन सक्छ ।






फिल्म बनाउने तयारी

स्क्रिनडेलीका अनुसार अस्कर अवार्ड विजेता महिला फिल्ममेकर एलिजाबेथ चाइ वासारहेली र उनका पति जिम्मी चीनले जर्ज म्यालोरी र स्यान्डी इर्विनको उक्त आरोहणबारे फिल्म बनाउने भएका छन् । यो जोडी हिट फिल्म ‘फ्री सोलो’का लागि पनि परिचित छ ।

गत महिना सगरमाथामुनिको हिमनदीमा इर्विनको बुट र काटिएको खुट्टा फेला परेपछि यी दुई फिल्ममेकर फिल्म निर्माणका लागि उत्प्रेरित भएको जनाइएको छ । इरविनको बुटको खोजले म्यालोरी-इर्विन चढाईमा बाँकी रहेका केही प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ ।

स्क्रिनडेलीसँग चाइले भनिन्, ‘उक्त बुट यस्तो महत्वपूर्ण थियो जसलाई अब फिल्मले पछ्याउनेछ ।’ यसमा एउटा दृष्टिकोण पहिलो विश्वयुद्धको पुस्ताले भोगेको आघात र पीडा पनि हुनसक्छ ।

‘कस्ता घटना र भावनात्मक अवस्था थिए जसले तपाईंलाई सगरमाथाको फेदीसम्म ल्यायो’ फिल्मको कथावस्तुबारे वासारहेलीले भनिन् । यसका लागि आफूले ‘इन टु द थिन एयर’का लेखक तथा प्रख्यात पर्वतारोही जोन क्राकाउरसँग छलफल गरिरहेको समेत उनले बताइन् ।

‘जोन क्राकाउर एक घनिष्ठ साथी हुन् । जिम्मी कठिन अभियानमा टाढा हुँदा उहाँ मेरो विश्वासी हुनुहुन्छ’ उनले भनिन् ।

वसारहेलीले गत साता लण्डन फिल्म फेस्टिभलमा अर्नेस्ट स्याकलटनको सन् १९१४–१५ अन्टार्कटिकाको अभियान र सन् २०२२ मा उनको जहाज द इन्ड्युरेन्सको भग्नावशेष भेटिएको नेशनल जियोग्राफिक डकुमेन्ट्री ‘एन्ड्युरेन्स’को प्रिमियरमा भाग लिएपछि बोल्दै थिइन् । यो फिल्मलाई वासारहेली, चिन र नताली हेविटले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...