मुख्य समाचार
सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्ने निर्णय
सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्ने निर्णय

। सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्ने निर्णय भएको छ । सोमबार सिंहदरबारमा बसेको सचिव बैठकले सरकारी कार्यालयको वेबसाइटलाई एकै खालको बनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने निर्णय पनि गरेको छ ।




बैठकले सरकारी इमेलको प्रयोग एवं सुरक्षाका लागि एकीकृत सरकारी इमेल प्रणालीमा हाल देखिएका समस्या समाधान गर्ने निर्णय गरेको छ ।

यसका लागि गनुपर्ने काम र रणनीतिका सम्बन्धमा सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव संयोजक रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा सञ्चार मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रुमख र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रतिनिधि सदस्य छन् ।




सूचना प्रविधि विभागका महानिर्देशकलाई सदस्य सचिव तोकिएको छ । सो कार्यदलले सुझावसहितको कार्ययोजना तयार गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सचिव बैठकमा पेश गर्ने छ ।

सचिव बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एकीकृत डाटा व्यवस्थापन केन्द्रमा आवश्यक स्थायी दरबन्दी थप गरी केन्द्रको स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई सक्रिय गराएर सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाह र कार्यसम्पादन गर्ने प्रणालीलाई मजबुत बनाउने र हाल प्रयोगमा रहेका सफ्टवेयरको स्तरोन्नती गर्ने कार्यलाई अगाडि बढाउने निर्णय पनि सचिव बैठकबाट भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कृत्रिम बुद्धिमत्ता अर्थात प्रविधिमा आधारित लोकप्रिय च्याटबोट च्याट जिपिटी हाम्रो जिज्ञासा मेटाउने तथा शैक्षिक र व्यवसायिक काममा सहयोग पुर्‍याउने निकै उपयोगी प्लाटफर्म बनिरहेको छ । तर, पछिल्लोपटक यो च्याटबोट गम्भीर विवादमा तानिएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यमा यसको विरुद्धमा कैयौं मुद्दा दायर भएका छन्। ती मुद्दामा च्याट जिपिटीलाई मानसिक रूपले कमजोर व्यक्तिलाई आत्महत्या गर्न उक्साउने आत्महत्या प्रशिक्षकको ...
। माइक्रोसफ्ट र ओपनएआईले मङ्गलबार उनीहरूको ऐतिहासिक कृत्रिम बौद्धिकता साझेदारीको व्यापक सुधारको घोषणा गरेका छन् । यसले दुवै कम्पनीहरूलाई उनीहरूको घनिष्ठ सहयोग कायम राख्दै अझ बढी स्वतन्त्रता प्रदान गर्दछ। ओपनएआई वेबसाइटमा सम्प्रेषित एक ब्लग पोष्टका अनुसार माइक्रोसफ्टले पुनर्गठित ओपनएआईको लगभग २७ प्रतिशत हिस्सा ओगटेको छ । यो हिस्सा अनुसार लगभग १३५ अर्ब डलर बराबरको लगानी माइक्रोसफ्टको ...
: अल्बानियाकी एआई मन्त्री डिएला गर्भवती छिन्। डिएला आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विश्वकै पहिलो मन्त्री हुन्। उनले ८३ बच्चा जन्माउन लागेकी छन्। उनी रोबोटबाट गर्भवती भएको अल्बानियाका प्रधानमन्त्री एडी रामाले घोषणा गरेका हुन्। जर्मनीको बर्लिनमा आयोजित ग्लोबल डायलग सम्मेलनको क्रममा अल्बानियाकी प्रधानमन्त्री रामाले यो घोषणा गरेर सबैलाई चकित पारेका थिए। तर एआई ...
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईले च्याट जीपीटी एटलास नामक वेब ब्राउजर लञ्च गरेको छ । एआई क्षमतायुक्त यो ब्राउजरले बजारमा प्रवेश गर्ने वित्तिकैबाट गुगलका लागि ठूलो चुनौती खडा गर्न सुरु गरिदिएको छ । च्याट जीपीटीको वेब ब्राउजर लञ्च भएको भोलिपल्टै इन्टरनेट जाएन्ट गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्यमा भारी गिरावट देखियो । सोही कारणले कम्पनीको बजार ...
: च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर ʻच्याटजीपीटी एटलसʼ लन्च गरेको छ। यसलाई धेरै विश्लेषकले गुगल क्रोमको सबैभन्दा ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्। कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने बताए। यसले ठेगाना पट्टीको सट्टा सिधै च्याटजीपीटी इन्टरफेसबाट काम गर्ने उनले बताए। एटलसको पहिलो संस्करण हाल एप्पल ...