मुख्य समाचार
रियल मड्रिडले यूईएफए युरोपियन च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डमाथि ५-२ को पुनरागमन जित
रियल मड्रिडले यूईएफए युरोपियन च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डमाथि ५-२ को पुनरागमन जित

। भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि रियल मड्रिडले यूईएफए युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि ५-२ को पुनरागमन जित हात पारेको छ ।

घरेलु मैदान सान्टियागो बर्नावेउमा रियल पहिलो हाफमै दुई गोल गोलले पछि परेको थियो । तर, भिनिसियसको ह्याट्रिक तथा एन्टोनी रुडिगर र लुइस भजक्वेजको गोलमा रियलले सानदार पुनरागमन गर्‍यो ।



खेलको ३०औं मिनेटमा डोनयाल मालान र ३४औं मिनेटमा जेमी गितेन्सले गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनाएको थियो । त्यो अग्रतालाई उसले काम रख्न सकेन । दोस्रो हाफमा रियलले ५ गोल फर्कायो । रुडिगरले ६०औं र भिनिसियले ६२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

भिनिसियसले ८६औं मिनेट र इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लुकास भज्क्वेनजले ८३औं मिनेटमा गोल गरे ।


च्याम्पियन्स लिगको लिग चरणमा रियलको यो दोस्रो जित हो । ३ खेलबाट रियलले ६ अंक जोडेको छ । पहिलो खेलमा स्टुटगार्डलाई हराएको रियल दोस्रो खेल फ्रेन्च क्लब लिलसँग स्तब्ध बनेको थियो ।

सुरुआती दुई खेल जितेको डर्टमण्डको भने यो पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित