मुख्य समाचार
नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित
नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित

। आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ ।

मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भयो ।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि नितिश रेडीले सर्वाधिक २९ रन बनाए भने ओपनर राहुल जरिवालाले २६ रन योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले समान उक/एक विकेट लिए ।


त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा आधा इनिङ मात्र ब्याटिङ गर्न सक्यो भने सय रन पनि पुर्‍याउन सकेन । २५.३ ओभरमा नेपाल ८१ रनमै अलआउट भएको थियो ।

नेपालका कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अर्जुन साउद ५, अनिलकुमार साह ०, कुशल भुर्तेल २, रोहितकुमार पौडेल ८, दीपेन्द्रसिंह ऐरी ५, आरिफ शेख २ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भए । करण केसी ७ रनमा अविजित रहे ।

अमेरिका ए का लागि आरिन नादकर्णीले चार तथा आयान देसाइले २ विकेट लिए ।

नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग टु सिरिज यही अक्टोबर २५ देखि अमेरिकाको डालासमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेल अक्टोबर २७ अर्थात आउने आइतबार अमेरिकासँग खेल्नेछ । लिग टु मा नेपालले खेल्न लागेको यो तेस्रो सिरिज हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित