मुख्य समाचार
वेष्ट इन्डिजका फास्ट बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग खेल्ने
वेष्ट इन्डिजका फास्ट बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग खेल्ने

। टेष्ट राष्ट्र वेष्ट इन्डिजका फास्ट बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

पोखरा एभेन्जर्सले मंगलबार सामाजिक सञ्जालमार्फत एन्डरसनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।




पहिलो संस्करणको एनपीएद्य आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना हुँदैछ । जसमा पोखरासहित ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

टेष्ट र ओडीआई क्रिकेट खेलिसकेका एन्डर एनपीएद्यका लागि अहिलेसम्म अनुबन्ध हुने सबैभन्दा ठूलो नाम हुन् ।




एन्डरले एनपीएल खेल्न र पोखराको टिममेटलाई भिड्न उत्साहित रहेको बताएका छन् । ‘एनपीएलमा म पोखरा एभेन्जर्सको हिस्सा हुन उत्साहित छन् । म सबैलाई भेट्न उत्साहित छु । छिटै भेटौँला’, उनले पोखराले सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन् ।

ट्रिनिडाड एण्ड टोबागोका २६ वर्षीय एण्डरसनले वेष्ट इन्डिजका लागि २ टेष्ट र ५ ओडीआई खेल खेलेका छन् । उनले सन् २०२२ मा बंगलादेशविरुद्ध टेष्टमा डेब्यु गरेका थिए भने २०२२ मै अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट खेलेका थिए ।

यस्तै २०२१ मा श्रीलंका विरुद्ध ओडीआईमा डेब्यू गरेका उनले पछिल्लो पटक २०२२ मा बंगलादेशविरुद्ध अन्तिम ओडिआई खेलेका थिए ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की प्लेअर रहेको पोखराले एनपीएलका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । यसअघि अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस र नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएद्यमा हरेक टोलीले ४ विदेशी खेलाडी राख्न पाउनेछ । अब पोखराले एक विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । एनपीएलमा एक टोलीमा कूल १६ खेलाडी हुनेछन् ।

जसमा हरेक टोलीले लक्की ड्र बाट १-१ मार्की प्लेअर छानेका थिए भने अक्सनबाट सबै टिमले १०-१० खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै हरेक टिमले एक खेलाडी ट्यालेन्ट हन्टबाट राख्नुपर्नेछ ।

पोखराले चेन्नाई सुपर किंग्सको प्रशिक्षक रहिसकेका राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ भने रिजन प्रजु प्रशिक्षकको भूमिकामा छन् ।

पोखरा एभेन्जर्सको टिम :

कुशल भुर्तेल (मार्की प्लेअर), आकाश चन्द, सागर ढकाल, दिलिप गौतम, सुनाम गौतम, विपिन खत्री, तृत राज दास, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, किरण ठगुन्ना

विदेशी खेलाडी : आन्द्रेस गौस, बास डे लिड, एण्डरसन फिलिप

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित