मुख्य समाचार
हङकङ सिक्सेसका लागि जोराको कप्तानीमा नेपाली टोली घोषणा, ज्ञानेन्द्र प्रशिक्षक
हङकङ सिक्सेसका लागि जोराको कप्तानीमा नेपाली टोली घोषणा, ज्ञानेन्द्र प्रशिक्षक

। हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो ।




टोलीमा जोरासँगै राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान छन् । यस्तै नारायण जोशी र दीपेन्द्र रावत पनि टिममा छन् ।

जोरा ब्याटर हुन् भने लोकेश बम विकेट किपर ब्याटर हुन् । विवेक, प्रतिश, रासिद र नारायण अलराउण्डर हुन् । दीपेन्द्र स्पीनर हुन् ।




यस्तै नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने क्यानले जनाएको छ ।



हङकङ क्रिकेट सिक्सेसमा नेपाल अष्ट्रेलिया र इंग्ल्याण्डसँगै समूह बी मा छ । नेपालले पहिलो खेल नोभेम्बर १ मा इंगल्याण्ड तथा दोस्रो खेल नोभेम्बर २ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगिता ८ टेष्ट टोलीका टिमसहित कूल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३-३ टोली छन् ।

यस प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् ।

एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन्।

सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०१७ मा आयोजना भएको थियो । जसमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउँदै पाँचौ पटक उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित