मुख्य समाचार
नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद
नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद

। नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद गरेको छ । यो सम्झौता भारतीय फिल्मको इतिहासमा सबैभन्दा ठूलो डिजिटल अधिकार खरिदमध्येको एक हो, जसले विश्वचर्चित ओटीटी प्लाटफर्मले दक्षिण भारतीय कन्टेन्टतर्फ देखाएको रुचिलाई दर्शाउँछ ।

रिलिजपूर्व नै फिल्मले हासिल गरेको व्यावसायिक उपलब्धिको एक भागको रुपमा यो राइट बिक्री आएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मले विभिन्न राइट बिक्रीमार्फत रिलिजअघि नै एक हजार ८५ करोड भारु कमाएको जनाइएको छ ।




फिल्मको राइट खरिदमा नेटफ्लिक्सले गरेको यो लगानीले ‘पुष्पा’को पहिलो भागले गरेको जस्तै व्यावसायिक सफलतालाई दोहोर्‍याउने इच्छा राखेको देखिन्छ । यो फिल्मबाटै हालै अभिनेता अल्लु अर्जुनले भारतको राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए, पुरस्कारको निर्णयले पनि नेटफ्लिक्स प्रभावित भएको अनुमान छ ।

नेटफ्लिक्स बाहेकका सबै डिजिटल राइटको बिक्रीको मूल्य जोड्दा कुल आम्दानी ४२५ करोड भारु हुन आउँछ । समग्र प्रि–रिलिज व्यापारलाई हेर्दा यो फिल्मले आन्ध्र प्रदेश र तेलंगानामा २२० करोड, उत्तरी भारतमा २०० करोड, तमिलनाडुमा ५० करोड, कर्नाटकामा ३० करोड भारु कमाएको छ । केरलमा २० करोड र विदेशी बजारहरूमा १४० करोड भारु कमाएको छ । म्युजिक राइट्स ६५ करोड र स्याटलाइट राइट्स ८५ करोड भारुमा बिक्री भएको छ ।




‘पुष्प २ : द रुल’ ६ डिसेम्बर २०२४ मा विश्वभरका हलमा रिलिज हुँदैछ । यो फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने मिथ्री मुभी मेकर्सले निर्माण गरेको हो । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिल मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम