मुख्य समाचार
बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित
बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित

। बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । हरेक वर्ष सार्वजनिक हुँदै आएको यो सूचीको दोस्रो स्थानमा हलिउड अभिनेत्री जेन्डाया, तेस्रोमा सुपरमोडल बेला हदिद छन् ।

सूचीको चौथो स्थानमा बियोन्से, पाँचौंमा एरियाना ग्रान्डे, छैटौंमा टेलर स्वीफ्ट, सातौंमा जोर्डन डन, आठौंमा किम कार्दसियन, नवौंमा दीपिका पादुकोण र दशौंमा होयोन जंग छन् । सूचीमा भारतबाट दीपिका मात्र परेकी छन् ।

व्यावसायिक कस्मेटिक सर्जनको म्यापिङपछि वर्षेनी विश्वकै सुन्दर महिलाको सूची सार्वजनिक गरिन्छ । सुन्दर महिला पहिचान गर्न परम्परागत ग्रीक अंकगणितीय पद्दति ‘गोल्डेन रेसियो’को मद्दत लिइन्छ ।

विज्ञका अनुसार ‘गोल्डेन रेसियो’ले दृष्टिगतरुपमा सन्तुलित मात्र नभएर प्राकृतिकरुपमा आँखालाई मनपर्ने रुप सिर्जना गर्छ । ‘किलिंग इभ’ र ‘द बाइकराइडर्स’जस्ता फिल्ममा आफ्नो भूमिकाका लागि परिचित बेलायती अभिनेत्री जोडी कमरले ९४.५२ प्रतिशत अंक प्राप्त गर्दै सूचीको शीर्षस्थानमा छिन् ।


भौतिक पूर्णता मापन गर्न ‘गोल्डेन रेसियो’ प्रयोग गर्ने प्रविधि ग्रीक समयको हो । एउटा अनुहार नम्बर १.६१८ पीएचआईको जति नजिक छ, त्यो त्यति नै सुन्दर देखिन्छ । यी मापन र तिनीहरूको गणनाको अनुपात प्रायः कस्मेटिक सर्जरी र सौन्दर्यशास्त्रजस्ता क्षेत्रमा अनुहारको सद्भाव र आकर्षणको मूल्यांकन गर्न प्रयोग गरिन्छ ।

यो परीक्षणमा सहभागी चिकित्सक जुलियन डे सिल्भाले भनिन्, ‘जब अनुहारका सबै तत्व शारीरिक पूर्णताको लागि मापन गरिएको थियो, जोडी कमर स्पष्ट विजेता थिइन् । उनको नाक र ओठको स्थितिका लागि ९८.७ प्रतिशत स्कोरका साथ सबैभन्दा उच्च पूर्णता थियो, जुन पूर्ण आकार हुनबाट मात्र १.३ प्रतिशत टाढा छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत जुन २०मा रिलिज भएको फिल्म ‘सितारे जमीन पर’ सफल हुनुको पछाडि होला ? हालै सम्पन्न भएको ‘हिन्दुस्तान टाइम्स लिडरशिप समिट’मा सहभागी भएका अभिनेता आमिर खानले यसबारे बताए । उनीसँग सोधिएको थियो, ‘आजकल थिएटरमा दर्शक कसरी ल्याउने ?’ एक्सन, सुपरहिरो वा भव्य फिल्मबाहेक अरू थिएटरमा चल्दैनन् भन्ने मान्यता बलिउड वृत्तमा देखिएको बेला आमिरले अर्थपूर्ण जवाफ दिए ...
। नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ । यी दुईले शुक्रबार एक सम्झौताको घोषणा गरेका छन्, जसअन्तर्गत नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स र एचबीओसहितलाई अधिग्रहण गर्नेछ । ८२.७ अर्ब अमेरिकी डलर (ऋण समावेश) सहित ७२ अर्ब डलर इक्विटी मूल्यमा आफूले प्रतिष्ठित स्टुडियो किनेको नेटफ्ल्क्सिले जनाएको ...
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...