मुख्य समाचार
नेपाल प्रिमियर लिग काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध
नेपाल प्रिमियर लिग काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध

। नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ ।

काठमाडौंले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ ।




लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन् ।

काठमाडौंले लेभिटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । लेभिट एनपीएलका लागि अनुबन्ध हुने दोस्रो डच खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ।



२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडिआई र १७ टी-२०आई खेल खेलिसकेका छन् । टी-२०आईमा उनले एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । जसमा उनको उच्च स्कोर १३५ रन हो । उनी पार्ट टाइम बलिङ पनि गर्छन् ।

लेभिटले गत फेब्रुअरीमा कीर्तिपुरमा नेपालविरुद्ध खेल्दै टी-२०आईमा डेब्यु गरेका थिए । उनलाई कीर्तिपुर मैदान खेलेको अनुभव समेत छ ।

काठमाडौं गुर्खाजमा अनुबन्ध हुँदा लेभिटले खुशी व्यक्त गर्दै एनपीएफ खेल्न उत्सहित रहेको बताएका छन् ।

करण केसी मार्की प्लेअर रहेको काठमाडौंको मुख्य प्रशिक्षकमा बसन्त शाही छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित