मुख्य समाचार
सिटामोल पर्याप्त छ
सिटामोल पर्याप्त छ

। नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ ।

देशभर डेंगुको संक्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो ।




नेपाल औषधि लिमिटेडका बिक्री महाशाखा प्रमुख रेणुका प्रसाद रेग्मीले अनलाइनखबरसँग भने, ‘हामीसँग सिटामोल पर्याप्त छ र नियमित रुपमा उत्पादन/बिक्रीवितरण भइरहेको छ ।’

उनका अनुसार डेंगु संक्रमणका बेला सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडको बबरमहलस्थित कार्यालयको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि सिटामोल खरिद गर्न सक्नेछन् । सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।




यसअघि कोरोना महामारीको समयमा पनि लिमिटेडले यसैगरी समय निर्धारण गरी सिटामोल खरिदबिक्रीको प्रबन्ध मिलाएको थियो । सिटामोल नेपाल औषधि लिमिटेडको प्रमुख उत्पादन हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट पनि दिने गरि दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता गरिएको छ । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती ...
: नवलपुरमा आगामी फाल्गुन २९ गतेदेखि जापानिज इन्सेफलाइटिस विरुद्धको बृहत् खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका ८ वटै स्थानीय तहमा एकैसाथ अभियान सुरु गरी करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको कार्यालय प्रमुख केशब चापागाईंले बताए। हाल देशभरिका ७७ जिल्लामध्ये नवलपुरमा मात्र यो विशेष अभियान सञ्चालन हुन लागेको ...
। काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’ का रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताएका हुन् ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उनले सोमबार राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। फेसबुकमा स्ट्याटस राख्दै उनले लेखेका छन्, 'यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन नसकिएको जानकारी गराउँदै सोको सम्पूर्ण जिम्मा लिँदै ...