मुख्य समाचार
भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश
भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

। भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियन्सिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग बराबरी खेलेको बंगलादेशले बुधबार भारतमाथि शानदार जित निकाल्दै समूह ए को विजेता बनेको हो ।


भारतलाई समूह विजेता बन्दै सेमिफाइनल जान बराबरी नै पर्याप्त थियो । बंगलादेशलाई सेमिफाइनल पुग्नका लागि मात्र त बराबरीले नै पुग्थ्यो । जितपछि बंगलादेश समूह ए मा ४ अंक जोडेर विजेता बन्यो ।

यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको भारत एक जित र एक हारको नतिजापछि उपविजेता बन्यो । एक बराबरी र एक हारको नतिजा निकालेको पाकिस्तान १ अंकसहित समूहको अन्तिममा रहँदै बाहिरियो ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा तोहुरा खातुनले दुई गोल गरेपछि बंगलादेशले भारतविरुद्ध साफ वुमन्स च्याम्पियनसिपमा लगातार दोस्रो पटक जित हात पारेको हो ।

सन् २०२२ मा काठमाडौंमै भएको पछिल्लो साफ च्याम्पियनसिपमा बंगलादेशले भारतलाई समूह चरणमै ३-० ले पराजित गरेको थियो । त्यही साफमा भारत सेमिफाइनलमा नेपालसँग १-० ले पराजित हुँदै पहिलो पटक फाइनल पुग्न असफल भएको थियो । साफमा भारत पराजित भएको यो तेस्रो पटक हो ।

पहिलो खेलमा अन्तिम समयमा गोल गर्दै पाकिस्तान विरुद्ध हार टारेको बंगलादेशले भारत विरुद्ध भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्‍यो ।

खेलको १९औं मिनेटमा अफेइदा खान्डाकेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि तोहुरा खातुनले २९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारिन् ।

तोहुराले नै ४२औं मिनेटमा गोल गरेपछि बंगलादेशले पहिलो हाफमै ३-० को अग्रता लियो । त्यसको अर्को मिनेटमै भारतका लागि बालादेवीले गोल गर्दै गोल अन्तर घटाइन् ।

दोस्रो हाफमा पनि भारतले गोल फर्काउने प्रयास गरेको थियो । तर सफल हुन सकेन । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।

च्याम्पियनसिप अन्तर्गत बिहीबार समूह चरणका अन्तिम दुई खेल हुनेछ । समूह बी अन्तर्गत भुटान र माल्दिभ्सबीच दिउँसो साढे १ बजे खेल सुरु हुनेछ भने घरेलु टोली नेपालले साढे ५ बजे हुने खेलमा श्रीलंकासँग खेल्नेछ ।

घरेलु टोली नेपाल र भुटानको समान ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । दुई हारपछि अंकविहिन माल्दिभ्स समूह्य चरणबाटै बाहिरिसकेको छ । अन्तिम खेलमा हार टारे नेपाल र भुटान सेमिफाइनल पुग्नेछ । श्रीलंकाका लागि भने सेमिफाइनल पुग्न नेपाललाई हराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...