मुख्य समाचार
जिम्बाब्बेले जाम्बिया विरुद्ध ३४४ रन बनाउदै नेपालको कीर्तिमान तोडे
जिम्बाब्बेले जाम्बिया विरुद्ध ३४४ रन बनाउदै नेपालको कीर्तिमान तोडे

। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपालको कीर्तिमान तोडिएको छ ।

जिम्बाब्बेले आईसीसी टी-२० विश्वकप अफ्रिका सब रिजनल क्वालिफायर बी अन्तर्गत खेलमा जाम्बिया विरुद्ध ३४४ रन बनाउदै नेपालको कीर्तिमान तोडेको हो ।


यसअघि गत वर्ष चीनको हान्झाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै कीर्तिमान बनाएको थियो ।

कप्तान सिकन्दर राजा एक्लैले नटआउट १३३ रन बनाएपछि जिम्बावेले जाम्बियाविरुद्ध २० ओभरमा ४ विकेट गुमाएर ३४४ रन बनाएको हो । राजाले ४३ बल खेल्दै ७ चौका र १५ छक्का मद्दतमा नटआउट १३३ रन बनाएको हो ।


विकेटकिपर ताडिवानासे मारुमानीले १९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाए भने ब्रायन बेन्नेटले ५० रन जोडे ।

क्लाइभ माडान्डेले १७ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए ।

जाम्बियाका आन्द्रे जार्जुले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित