मुख्य समाचार
बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु
बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु

। बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु भएको छ ।

विद्यार्थी आन्दोलनका बीच देश छाडेर हिँडेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी ‘कागजी प्रमाण नरहेको’ भन्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध प्रदर्शन सुरु भएको हो ।




ढाकाको दैनिक पत्रिका डेली स्टारका अनुसार, बंगलादेशको मानव जमिन पत्रिकाका लागि अन्तर्वार्ता दिने क्रममा उनले हसिनाबारे यस्तो अभिव्यक्ति दिएका थिए ।

‘अगस्ट ५ को बिहान साढे १० बजे बागभवन (राष्ट्रपति निवास) मा प्रधानमन्त्री निवासबाट फोन आएको थियो, लगत्तै तयारी थालेका थियौं’, उनले भनेका छन्, ‘तर, एक घण्टाभित्र हसिना नआउने भन्दै अर्को फोन आएको थियो ।’




त्यहीबीच आफूले हसिनाले देश छाडेको भन्ने सुनेको उनले बताएका छन् ।

‘उनले मलाई केही भनिनन्, मैले तपाईंलाई जे भएको थियो, त्यही सत्य कुरा भनेको हुँ’, उनले मानव जमिनका प्रधान सम्पादक मातुर रहमान चौधरीसँग भनेका छन्, ‘जतिबेला सेना प्रमुख जनरल वाकर बाघभवनमा आएका थिए, त्यसबेला मैले प्रधानमन्त्रीको राजीनामाबारे बुझ्न खोजेँ, त्यसबेला पनि उनले यस्तै जवाफ दिएका थिए– मैले सुनेँ कि उनले राजीनामा दिइन् ।’

राष्ट्रपति शहाबुद्दिनले ‘सम्भवतः आफूहरुलाई जानकारी दिन उनले (हसिनाले) समय नपाएको हुनसक्ने भनेका छन् । यसपछि सुरु भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएका छन् ।

ढाकाका अखबारहरुका अनुसार, मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले राष्ट्रपति निवास वरिपरि कडा सुरक्षा व्यवस्था लागू गरेको छ ।
मंगलबारदेखि राष्ट्रपति निवास वरिपरि ब्यारिकेडहरु राखिएका छन् भने पानीको फोहोरासहित झडप नियन्त्रणमा लिन एपीसीहरु पनि निकालिएका छन् ।

प्रदर्शन जारी रहेकै बेला अन्तरिम सरकारको सूचना सल्लाहकार नसिद इस्लामले सरकारले राष्ट्रपतिबारे सबै सरोकारवालासँग छलफल गरिरहेको र कुनै निर्णय आउने बताएका छन् । ‘राष्ट्रपति आफ्नो कार्यालयमा रहन्छन् कि रहँदैनन् भन्ने कानुनी वा संवैधानिक प्रश्न होइन, यो राजनीतिक निर्णय हो’, उनले भनेका छन् ।

‘यो निर्णय लिनका लागि पनि हामी देशमा स्थायित्व, सुरक्षा र अनुशासनलाई प्राथमिकता दिइरहेका छौं’, उनले भनेका छन् ।

तीन महिना लामो आरक्षणविरुद्धको आन्दोलनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना २१ साउन २०८१ मा देश छाडेर भारततर्फ जान बाध्य भएकी थिइन् ।

यसपछि सेनाको अग्रसरतामा विद्यार्थीको माग अनुसार नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्तरिम सरकार बनेको थियो ।

विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिँदा कम्तीमा ४०० जनाको मृत्यु भएको थियो । यो मामिलामा अहिले बंगलादेश छाडेकी पूर्वप्रधानमन्त्री हसिनासहित उनको पार्टी आम अवामी लिगका नेताहरुविरुद्ध विभिन्न अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...