मङ्गलबार दक्षिणी लेबनानको एउटा घरमा इजरायली आक्रमणमा परी ६ महिला र पाँच बालबालिकासहित १९ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विद्यालयका पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता रहेका बीबीसीमा उल्लेख छ। टेफाहाटा गाउँको तीनतले भवनमा परिवारका सबै सदस्य सँगै बस्थे ।
आक्रमणमा परी सोही गाउँका इमाम शेख अब्दो अबो रायको पनि मृत्यु भएको उनले बताए । आक्रमण हुँदा इमाम दुई अन्य व्यक्तिसँग भवन नजिकै हिँडिरहेका थिए।
इजरायली सेनाले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। इजरायली सेनाले गत चार हप्तामा लेबनानमा हजारौं हवाई आक्रमण गरेको छ।