मुख्य समाचार
च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित
च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित

। कप्तान राफिन्हाले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित गरेको छ । बार्सिलोनाका लागि अर्को गोल रोवर्ट लेवान्डोस्कीले गरे ।

जर्मन क्लब बायर्नका ह्यारी केनले एक गोल गरे ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । दशौँ मिनेट मिनेटमा बायर्नका ह्यारी केनले गोल गरेपनि भिएआरले मान्यता दिएन । तर १८औं मिनेटमा केनले नै गोल गर्दै खेल बराबरीमा ल्याए ।

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाले २-१ को अग्रता दिलाए । ४५औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३-१ को अग्रता लियो ।


राफिन्हाले ५६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ४-१ को अग्रता बनायो ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो दोस्रो जित हो । बार्सिलोना ३ खेलबाट ६ अंकसहित दशौँ स्थानमा छ । दोस्रो हार व्यहोरेको बायर्न ३ अंकसहित २३औं स्थानमा छ ।

अर्को स्थानीय क्लब एट्लेटिको मड्रिड भने फ्रेन्च क्लब लिलसँग ३-१ ले स्तब्ध बनेको छ । यसअघि रियल मड्रिडलाई समेत हराएको लिलले एक गोलले पछि परेको स्थितमा पुनरागमन जित निकालेको हो । उसका लागि जोनाथन डेभिडले दुई गोल गरे भने जेग्रोभाले एक गोल गरे ।

त्यसअघि जुलियन अल्भारेजको गोलमा एट्लेटिकोले अग्रता लिएपनि जोगाउन सकेन । दोस्रो जितपछि लिल ६ अंक जोडेर १५औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित