मुख्य समाचार
माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा
माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

। माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोम एक्लैले ५ गोल गरिन् । कप्तान पेमा छोडेन छिरिङ र छिरिङ यान्डेले दुई-दुई तथा सोनाम छोडेन, नाम्ग्याल देमा, देकी याङडोन र छिरिङ लाडेनले एक-एक गोल गरे ।


जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोडेर सेमिफाइनलमा पुगेको हो । भुटान लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । यसअघि २०२२ मा नेपालमै भएको साफमा भुटान पहिलो पटक सेमिफाइनल पुगेको थियो ।

अब आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । नेपाललाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भने श्रीलंकालाई नेपाल विरुद्ध जित निकाल्नैपर्ने आवश्यकता छ ।


भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेकोले नेपालले समूह बी को विजेता बन्न श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ । नेपालले श्रीलंकासँग बराबरी खेले वा ५ भन्दा कम गोलअन्तरमा विजयी भए भुटान समूह बी को विजेता बन्नेछ भने नेपाल उपविजेता बन्नेछ।

पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेको थियो। त्यसपछि भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको थियो ।

तीन खेलमा भुटानले १७ गोल गर्दा जम्मा १ गोल मात्र खाएको छ । नेपालले दुई खेलमा अहिलेसम्म ११ गोल गरेको छ । नेपालले माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो ।

लगातार तीन खेलमा पराजित माल्दिभ्स गोलविहिन हुँदै समूह चरणबाट बाहिरिएको छ । तीन खेलमा माल्दिभ्सले २५ गोल खाँदा एक गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित