मुख्य समाचार
भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाल भित्रिने निश्चित
भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाल भित्रिने निश्चित

। भारतीय फिल्म ‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाल भित्रिने निश्चित भएको छ । नेपालका तीन ठूला वितरण कम्पनीले संयुक्तरुपमा यो फिल्मको वितरण अधिकार खरिद गरेका छन् ।

ए-एट्, डीसीएन र आरआर फिल्म्सले फिल्मको डिष्ट्रिब्युसन राइट न्यूनतम ६ करोड ४० लाख रुपैयाँ (४ करोड भारु)मा खरिद गरेका हुन् । आउने निश्चित भएपछि क्यूएफएक्सले आफ्नो वेबसाइटमा ‘कमिङ सुन’ पोस्टर हालेको छ ।


‘पुष्पा २’ मंसिर २० गते विहिबार (डिसेम्बर ५)मा विश्वब्यापी रिलिज हुँदैछ ।

डीसीएन प्रमुख अशोक शर्माले न्यूनतम ४ करोड भारुमा ‘पुष्पा २’ नेपाल आउने निश्चित भएको जनाए । ‘नो रिस्क, नो गेन’ उनले भने, ‘जोखिम मोलेरै हामी तीन कम्पनीले ल्याउने निश्चित भएको छ ।’


अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर फिल्मले लगानी उठाउन भने नेपालमा न्यूनतम १९ करोड रुपैयाँ ग्रस कलेक्सन गर्नुपर्छ । यो भन्नुको अर्थ, अहिले ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले कमाएको बराबर ‘पुष्पा २’ ले कमाउनुपर्छ भन्ने हो । यसका लागि यो फिल्मले सोही अनुसार शो पनि पाउनु जरुरी छ ।

समीक्षा सकारात्मक भएमा ‘पुष्पा २’ का लागि त्यो लक्ष्य कठिन हुनेछैन । किनभने यो फिल्मको चर्चा र अपेक्षा यति चुलिएको छ कि अमेरिकी ओटीटी प्लाटफर्म नेटफ्लिक्सले यसको राइट २७५ करोड भारुमा किनेको छ । रिलिजअघि नै फिल्मले विभिन्न राइट विक्रीबापत एक हजार करोड भारुभन्दा धेरै कमाइ गरिसकेको छ ।

यसअघि महंगो मूल्यमा प्रभास स्टारर ‘सलार’लाई एप्पल इन्टरटेनमेन्टले खरिद गरेको थियो । यो फिल्मलाई एप्पलले २ करोड ७५ लाख भारुमा खरिद गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...