मुख्य समाचार
दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध
दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध

। दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्याङलाई चितवनले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवनले अनुबन्ध जनाएको छ ।

६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन् । ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ ।


त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् ।

सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका उनले डेब्यु खेलमै सात विकेट लिएका थिए। ल्याङले दक्षिण अफ्रिकाका लागि २ टेष्ट, ४ ओडिआई र ६ टी२०आई खेल खेलेका छन् ।

उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ । सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए ।

‘नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि खेल्न पाउँदा म रोमाञ्चित छु । सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,’ मर्चेन्ट डी ल्याङले भनेका छन् ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी विदेशी बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए । ‘ल्याङ ठूलो खेलाडी हुन्। उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं। उनी जस्तो कोही उपलब्ध छ भने छनोट गर्नु ठूलो कुरा होइन। उनको आगमन नेपाली क्रिकेट समर्थकलाई धेरै रोमाञ्चक अनुभव हुनेछ,’ उनले भनेका छन् ।

कुशल मल्ल मार्की प्लेअर रहेको चितवन राइनजोजको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक उमेश पटवाल छन् । डी ल्याङ एनपीएलका लागि अनुबन्ध हुने तेस्रो टेष्ट क्रिकेटर हुन् ।

यसअघि पोखरा राइनोजले वेष्ट इन्डिजका एण्डरसन फिलिपि र जनकपुर बोल्ट्सले न्युजिलायण्डका जेम्स निसमलाई अनुबन्ध गरिसकेको छ । यस बाहेक कर्णाली याक्सले अनुबन्ध गरेको पाकिस्तानका हुसेन तलातले टी२०आई मात्र खेलेका छन् ।

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सले टेष्ट राष्ट्रका खेलाडी अनुबन्ध गरेपनि उनीहरुले टेष्ट खेलेका छैनन् । लुम्बिनीले इंग्लिस विकेटकिपर टम मुर्स र सुदूरपश्चिमले इंग्ल्याण्डका सेफ अली जैबलाई अनुबन्ध गरेको छ ।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलको पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित