मुख्य समाचार
कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एकलाई फिर्ता ल्याइयो
कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एकलाई फिर्ता ल्याइयो

। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ ।

नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा रेड नोटिस जारी भएपछि इन्टरपोलको कम्बोडियास्थित एनसीबीले उनलाई डेढ महिना अघि पक्राउ गरेको थियो । अहिले डिपोर्ट गरेर काठमाडौं फिर्ता हुने वित्तिकै उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।




यो मुद्दामा उनकी पत्नी बिनु शाक्यविरुद्ध पनि इन्टरपोलमा नेट नोटिस छ । उनी पनि कम्बोडियामा पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ । तर, उनीलाई हालसम्म डिपोर्ट गरिएको छैन ।

प्रहरीका अनुसार, वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिन्छु भन्दै कम्तिमा ४० जना व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।




सुजनविरुद्ध यसअघि पनि विद्युतीय कारोबार सम्बन्धी कसुर, ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुर लगायतका आरोपमा मुद्दा चलिसकेको छ । आचार्य पहिले आफूलाई पत्रकार बताउँदै हिरा लुटपाट र अश्लील भिडियो राखेर ब्ल्याकमेल गरेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसपछि उनी वैदेशिक रोजगार ठगीमा संलग्न भएका हुन् ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बर्दिया स्थायी घर भई काठमाडौं टोखा बसाइँ सरेका विनोद पौडेल हाल प्रहरी हिरासतमा छन्। वैदेशिक रोजगारीको लागि भन्दै कहिले दुबई त कहिले ओमान पुग्ने पौडेललाई एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ गरिएको हो। उनलाई इन्टरपोलबाट रेड नोटिस जारी गरी पक्राउ गरिएको हो। एनसीबी काठमाडौंको अनुरोधमा उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट यही पुस १२ गते रेड नोटिस ...
: गैरकानुनीरूपमा बसोबास गर्ने तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको हो। स्रोतका अनुसार लोकबहादुर गैरकानुनीरूपमा अमेरिकामा प्रवेश गरेका थिए। लीलाबहादुर र दीपक पनि गैरकानुनी तरिकाले अमेरिकामा बस्दै आएका थिए। स्रोतका अनुसार उनीहरू गत साता काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको जहाजबाट उनीहरू काठमाडौं आएका ...
— हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिसँग आज फोनवार्ता गरेकी छन् । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री राणाले पहिलो ...
: टर्कीले अवैधरुपमा बसेका पाँचजना नेपालीलाई निष्काशन गरेको छ। उनीहरू गत शनिबार टर्किस एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेका छन्। अवैधरुपमा बसेको थाहा पाएपछि टर्कीको प्रहरीले उनीहरूलाई केहीदिनअघि पक्राउ गरेको थियो। निष्काशित हुनेहरूमा जीवन राज आङदाम्बे,राजु सुनुवार,गोविन्द श्रेष्ठ,नरध्वज थारु र श्रीष थापा रहेका छन्। स्रोतका अनुसार पक्राउ परेका न‍ेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए। ...
— अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली छन्, जसमध्ये ७२ जनालाई रेड नोटिस जारी गरिएको छ भने २५ जनालाई डिफ्युजन नोटिस जारी छ । नेपालमा ५ विदेशीलाई रेड र ११ जनालाई डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० वर्षयता ६६ जनालाई इन्टरपोल मार्फत नेपाल ल्याइएको छ । ...