मुख्य समाचार
काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्बी जेरार्ड इरास्मसलाई अनुबन्ध
काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्बी जेरार्ड इरास्मसलाई अनुबन्ध

— काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्बी जेरार्ड इरास्मसलाई अनुबन्ध गरेको छ । जेरार्डले मंसिर १५ देखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजबाट खेल्नेछन् ।
सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्लेयर अफ द इयरमा चुनिएका उनले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । त्यसक्रममा उनले एकदिवसीयमा झन्डै २ हजार रनका साथै ३८ विकेट र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ५ सय ५७ रन बनाउँदै ५३ विकेट पनि लिएका छन् ।

कप्तानी भूमिकामा इरास्मसले नटआउट ५३ रन बनाएर आयरल्यान्डमाथि ८ विकेटको विजय दिलाएपछि नामिबिया सन् २०२१ मा ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुगेको थियो । नामिबियाले यसै वर्ष फेब्रुअरीमा विश्वकप लिग २ मा नेपाल र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा खेलिएका ४ खेलमा ३ मा विजय दिलाएका थिए । जसमा नेपालविरुद्धको दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

‘मर्बी जेरार्ड इरास्मस एसोसिएट क्रिकेट क्षेत्रका एक उत्कृष्ट खेलाडी हुन् । साथै उनी आफ्नो टोलीका सच्चा लिडर हुन् । उनको आगमनले काठमान्डु गुर्खाजको ब्याटिङ, बलिङका साथै टोलीलाई पनि ठूलो टेवा पुग्नेछ, हामी उनको आगमनको प्रतीक्षामा छौं,’ काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।

दुबईमा इन्टरनेसनल लिग टी–२० खेलेका इरास्मसले आफू काठमाडौं आएर गुर्खाजबाट एनपीएल खेल्न निकै उत्सुक रहेको जनाएका छन् । ‘गुर्खाज परिवारको एउटा सदस्य हुन पाउँदा म आफूलाई अत्यन्तै गौरवान्वित महसुस गरिरहेको छु । आफ्नो साहस र बलको लागि परिचित राष्ट्र नेपालमा एउटा आइकोनिक टोलीको प्रतिनिधित्व गर्न पाउँदा मलाई गर्व छ,’ इरास्मसले भने, ‘हामी त्यही निडर भावनालाई क्रिकेट मैदानमा ल्याउन र स्मरणीय बनाउन तयार छौं ।’

एनपीएल खेल्ने उनी गुर्खाजका दोस्रो विदेशी खेलाडी हुन् । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई गुर्खाजले यसअघि नै अनुवन्धन गरिसकेको छ । लेभिट नेदरल्यान्ड्सबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी हुन् । मार्चमा उनले नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा ६२ बलमा १ सय ३५ रन बनाउनेक्रममा ४९ बलमा शतक पुरा गरेका थिए । सो भ्रमणमा लेभिटले नेपालविरुद्धको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा दुईमा अर्धशतक बनाएका छन् ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी छन् । अक्सनबाट गुर्खाजले शाहब आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित