मुख्य समाचार
अमेरिका घरेलु मैदानमै स्कटल्याण्डसँग १० विकेटले पराजित
अमेरिका घरेलु मैदानमै स्कटल्याण्डसँग १० विकेटले पराजित

। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमै अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित भएको छ ।

खराब ब्याटिङ गरेको अमेरिकाले घरेलु मैदानमा लज्जासपद हार व्यहोरेको हो । डालासमा गएराती भएको खेलमा अमेरिकाले दिएको १४५ रनको लक्ष्य स्कटल्याण्डले २४.५ ओभरमाविना क्षती पूरा गरेको हो ।


स्कटल्याण्डका लागि आन्द्रे उमिदले ७९ बलमा १३ चौका र २ छक्का मदतमा अविजित ९८ रन बनाए । यस्तै चार्ली टिमयरले अविजित ४३ रन योगदान गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो ।

आठौं नम्बरमा ब्याटिङ गरेका स्याड्ली भान श्यालवाएकले अर्धशतक बनाएपछि अमेरिकाले एक सय रन कटाएको थियो । स्याड्लीले ८७ बल खेल्दै १० चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै हर्मित सिंहले २२ र नोसथुस केन्जिगेले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्याण्डका लागि ब्राड करीले सर्वाधिक ४ विकेट लिए । ब्रान्डेन म्याकमुलेनले ३ तथा ब्राड ह्विलले २ विकेट लिए । जितपछि स्कटल्याण्ड ८ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

पराजित अमेरिका ९ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित