मुख्य समाचार
सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै
सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै

: आज दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ।



आजको पहिलो खेल बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजेबाट हुनेछ भने दोस्रो सेमिफाइनल नेपाल र भारतबीच साढे ६ बजे सुरु हुनेछ ।

साफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो, भारत । च्याम्पियनसिपको पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणको उपाधि जितेको भारत यस पटक पनि च्याम्पियन हुने लक्ष्यसहित नेपाल आएको छ । अघिल्लो संस्करणमा सेमिफाइनलमै रोकिएको भारत यस पटक फाइनलमा पुगेर उपाधि जित्न चाहन्छ । भारतको यो अभियानमा उसलाई सबैभन्दा ठूलो डर घरेलु टोली नेपालको थियो । त्यसैले फाइनलमा मात्रै नेपालसँग भेट होस् भन्ने चाहन्थ्यो । तर, भारतले सेमिफाइनलमै नेपाललाई प्रतिद्वन्द्वी पाएको छ ।




दक्षिण एसियाली प्रतियोगितामा नेपालका लागि भारत नयाँ र नौलो प्रतिद्वन्द्वी होइन । विगतमा यी दुई टोलीको भेट हरेकजसो प्रतियोगिताका फाइनलमा हुने गरेको छ । तर, पछिल्लो समय भने यी चिरपरिचित प्रतिद्वन्द्वी सेमिफाइनलमै भिड्न थालेका छन् । साफ च्यम्पियनसिपको ६ संस्करण सकिँदा यी दुई राष्ट्रले चार पटक फाइनल र दुई पटक सेमिफाइनलमा भिडेका छन् ।

सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा नेपाल र भारतको भेट सेमिफाइनलमै भएको थियो । भारतलाई १–० गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको त्यो पहिलो पटक हो । सन् २०१० देखि २०१४ सम्म लगातार तीन संस्करणको फाइनल खेल्दा नेपाल भारतसँग पराजित भएको थियो । त्यसपछि २०१६ मा सेमिफाइनलमै भेट हुँदा पनि भारतले नै बाजी मारेको थियो । सन् २०१९ मा विराटनगरमा भएको पाँचौं साफमा यी दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला पनि नेपाल भारतसँग पराजित भएको थियो ।

घरेलु मैदानमा नेपालले तेस्रो पटक भारतको सामना गर्न लागेको हो । यसअघि दुवै टोलीले एक÷एक खेल जितेका छन् । सन् २०१९ को फाइनलमा भारत विजयी हुँदा सन् २०२२ को सेमिफाइनलमा नेपालले बदला लिएको थियो । त्यसैले आइतबार यी दुई टोली आमनेसामने हुँदा अघिल्लो संस्करणको ‘रिप्ले’का रुपमा धेरैले हेरेका छन् । नेपाल र भारतसँगै बंगालदेश र भुटानले सेमिफाइनलमा स्थान बनाएका छन् । साविक विजेता बंगलादेश समूह ‘ए’को विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । बंगलादेश यस समूहबाट अपराजित रह्यो । नेपालको समूहमा रहेको भुटानले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको हो । अघिल्लो संस्करणमा पनि यी चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए । अघिल्लो संस्करणमा नेपालले भारत र बंगलादेशले भुटानलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए ।

यस पटक अघिल्लो संस्करणमा गरेका गल्ती नदोहो¥याउँदै उपाधि जित्ने अभियानमा नेपाल छ । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अहिले उपाधि जित्नेभन्दा पनि सेमिफाइनलमा भारतलाई हराउनेमा केन्द्रित भएको बताए । ‘सेमिफाइनल हाम्रा लागि महत्वपूर्ण खेल हो । त्यो खेलमा हामीले सबै शक्ति लगाएर खेल्नुपर्छ’, बिहीबार श्रीलंकालाई पराजित गरेपछि तामाङले भने, ‘भारतसँग सेमिफाइनलमा कसरी खेल्ने भनेर रणनीति बनाउनु पर्छ । त्यसपछि मात्रै फाइनलका बारेमा सोच्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...