मुख्य समाचार
एभर्टनले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–१ को बराबरीमा रोके
एभर्टनले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–१ को बराबरीमा रोके

— सब्स्टिच्युट बेटोले इन्ज्युरी समयको चौथो मिनेटमा नाटकीय गोल गरेपछि एभर्टनले इंग्लिस प्रिमियर लिगमा शनिबार फुलहमलाई १–१ को बराबरीमा रोकेको छ । फुलहमले दोस्रो हाफमा एलेकस इवाबीको गोलले अग्रता लिएको थियो ।



खेल सकिन केही समय मात्रै बाँकी छँदा फुलहमले तीन अंक बटुल्ने निश्चित देखिएको थियो । तर गुडसनपार्कमा बेटोले बराबरी गोल फर्काए । यससँगै एभर्टनको नौ खेलबाट नौ अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ ।


Everton draw with Fulhamफुहलम भने १२ अंकमा दसौं स्थानमा रह्यो । यसअघि म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले हराएर शीर्ष स्थानमा उक्लेको थियो । सिटीका लागि इर्लिङ हाल्यान्डले पाँचौं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । सिटीको नौ खेलबाट २३ अंक भएको छ ।

शनिबारका अन्य खेलमा नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई ३–१ र ब्रेन्टफोर्डले इपस्विच टाउनलाई ४–३ ले हरायो । यस्तै एस्टन भिल्ला र बर्नमाउथले १–१ तथा ब्राइटन र उल्भ्सले २–२ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित