मुख्य समाचार
बार्सिलोनाले रियल मड्रिडमाथि ४-० को सानदार जित
बार्सिलोनाले रियल मड्रिडमाथि ४-० को सानदार जित

। यस सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४-० को सानदार जित हात पारेको छ ।

घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो ।




बार्सिलोनालाई फराकिलो जित दिलाउन रोवर्६ लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे ।

खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता नदिँदा रियलले अग्रता लिने मौका गुमाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो ।

५४ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे ।

लामिन यामलले ७७औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो । बार्सिलोना यतिमै रोकिएन । कप्तान राफिन्हाले ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले सानदार जित हात पारेको हो ।

जितपछि लिग लिडर बार्सिलोनाले यस सिजन उत्कृष्ट लयलाई कायम राख्दै रियल मड्रिडमाथि नै ६ अंकको अग्रता बनाएको छ । ११ खेलबाट बार्सिलोनाको ३० अंक जोडेको छ । यस सिजन पहिलो हार व्यहोरेको रियलको समान खेलबाट २४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित