मुख्य समाचार
अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा
अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा

: नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका भ्रमणमा रहेका नेपाली टोलीको घोषणा गरेको छ। आइसीसी लिग २ अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। दुई जनालाई भने 'रिजर्भ'मा राखिएको छ।



टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। देव खनाल र सागर ढकाल रिजर्भमा रहेका छन्।

लिग २ अन्तर्गतका खेलमा नेपालले अहिलेसम्म एउटा खेलमात्र जितेको छ। घरेलु मैदानमा भएको खेलमा नेपालले नेदल्यान्डसलाई पराजित गरेको थियो। बाँकी ३ खेलमा पराजय व्यहोरेको थियो। हालै क्यानडामा सम्पन्न खेलमा पनि नेपाल तीनवटा खेलमा पराजित भएको थियो। ओमानसँग एक खेल भने वर्षाका कारण स्थगित भएपछि नेपालले एक अंक जोडेको थियो। नेपालले ८ खेलमा ३ अंक जोडेर तालिकाको सातौं स्थानमा छन्। नेपालभन्दा मुनि २ अंकसहित युएई पुछारमा छन्।


१२ मध्ये ८ खेल जितेर क्यानडा १६ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै १२ अंकसहित अमेरिका दोस्रो, १२ अकंसहित नै नेदरल्यान्ड्स तेस्रो, ११ अंकसहित स्कटल्याण्ड चौथोमा, १० अंकसहित नामिबिया पाँचौं र ६ अंकसहित ओमान छैटौं स्थानमा छ। ओडीआई स्टाटस जोगाउनका लागि पनि नेपालले बाँकी खेलमा संघर्ष गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...