मुख्य समाचार
निर्वाचनको मिति नजिकिँदै गर्दा थप कलाकार खुल्ने क्रम जारी
निर्वाचनको मिति नजिकिँदै गर्दा थप कलाकार खुल्ने क्रम जारी

। नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ । यस चुनावमा डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।

यी दुई उम्मेदवारलाई लिएर सिंगो अमेरिका विभाजित छ । सेलेव्रिटीले समेत आ-आफूलाई मनपर्ने उम्मेदवारलाई इन्डोर्स गरिरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा थप कलाकार खुल्ने क्रम जारी छ ।




टेलर स्विफ्ट, बिली एलिस र एमिनेमजस्ता स्टारले यसअघि नै ह्यारिसको पक्षमा आफ्नो समर्थन जाहेर गरिसकेका छन् । समर्थनको यो क्रममा पपस्टार बियोन्से र हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो समेत ह्यारिसको पक्षमा खुलेका छन् ।

ह्यारिसले टेक्सास राज्यको ह्युस्टनमा आयोजना गरेको चुनावी र्‍यालीमा पपस्टार बियोन्से पनि सहभागि भएर ह्यारिसको पक्षमा उभिइन् ।






‘म यहाँ सेलिब्रेटीको रूपमा होइन, म यहाँ राजनीतिज्ञको रूपमा पनि होइन । म यहाँ आमाको रूपमा उभिएकी छु’ बियोन्सेले ह्यारिसको लागि आयोजित चुनावी र्‍यालीमा भनिन् ।

‘एउटी आमा जसले मेरा बच्चा र हाम्रा सबै बच्चाहरु बस्ने संसारको गहिरो ख्याल राख्छिन्, एउटा यस्तो संसार जहाँ हामीसँग हाम्रो शरीरलाई नियन्त्रण गर्ने स्वतन्त्रता छ, एउटा संसार जहाँ हामी विभाजित छैनौं’ ह्युस्टनमा उनले भनिन् ।

‘हाम्री छोरीहरू बिना छत, कुनै सीमाहरू बिनाको सम्भावना देखेर हुर्किँदै गरेको कल्पना गर्नुहोस्’ उनले भनिन्, ‘हामीले भोट गर्नुपर्छ, र हामीलाई तपाई चाहिन्छ ।’

ह्युस्टन बियोन्सेको गृहनगर पनि हो । ह्यारिसको उक्त र्‍यालीमा सन् २०१६ मा रिलिज भएको बियोन्सेको गीत ‘फ्रिडम’ बजाइएको थियो । ह्यारिसले अघि सारेको ‘गर्भपतनको स्वतन्त्रता’लाई बियोन्सेले समर्थन गरेकी छन् ।



यसैबीच, हलिउड स्टार लियोनार्दो डिकाप्रियो पनि ह्यारिसको पक्षमा खुलेका छन् । इन्स्टाग्राममा पोष्ट गरिएको भिडियोमा अस्कर विजेता अभिनेताले हालै अमेरिकामा आएको आँधी हेलेन र मिल्टनको क्षतिको बारेमा चर्चा गर्दै भने, ‘यी प्रकोपहरू जलवायु परिवर्तनको कारणले भएको हो ।’

‘तर, डोनाल्ड ट्रम्पले तथ्यहरूलाई अस्वीकार गरिरहेका छन् । उनले विज्ञानलाई अस्वीकार गरिरहेका छन् । उनले पेरिस जलवायु सम्झौताबाट संयुक्त राज्य अमेरिकालाई फिर्ता बोलाए र महत्वपूर्ण वातावरणीय संरक्षणका मुद्दाबारे पछि हटाए’ डिकाप्रियोले भने ।

उनले भने, ‘जलवायु परिवर्तनले पृथ्वीलाई मार्दैछ र हाम्रो अर्थतन्त्रलाई बर्बाद गरिरहेको छ । हाम्रो अर्थतन्त्र, हाम्रो ग्रह र आफूलाई बचाउनको लागि हामीलाई साहसी कदम चाहिन्छ । त्यसैले म कमला ह्यारिसलाई भोट गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको समुन्द्री नाका ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताएका हुन् । ‘यदि हामी आतंकी राज्य इरानको बाँकी संरचना समाप्त गरिदियौँ र उक्त ‘स्ट्रेट’(होर्मुज) को जिम्मेवारी ...
: ​​​​​​ इरानले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार अली लारीजानीको हत्याको बदला लिने घोषणा गर्दै इजरायलमाथि 'तीव्र' सैन्य कारबाही सुरु गरेको छ। इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमहरूका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका उच्च अधिकारीहरूले यो आक्रमण लारीजानीको हत्याको प्रत्यक्ष प्रतिउत्तर भएको पुष्टि गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एयरोस्पेस फोर्सका कमाण्डर सरदार मौसावीले एक 'द्रुत आक्रमण'को उद्घोष ...
: आफ्नो श्रीमानको मृत्युपछि शोकसम्बन्धी बालबालिकाका लागि पुस्तक प्रकाशित गरेकी एक आमालाई अन्ततः आफ्नै श्रीमानको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकाको युटा राज्यको एक जूरीले २०२२ मा मृत्यु भएका एरिक रिचिन्सको हत्याको मामिलामा कोउरी रिचिन्सलाई हत्यासहित सबै आरोपमा दोषी ठहर गरेको छ । एरिकको मृत्यु घातक मात्रामा फेन्टानिल लागेर भएको थियो । सोमबार अन्तिम ...
भारतको राजधानी दिल्लीस्थित पालम इलाकामा बुधबार बिहान भएको एक भीषण आगलागीमा परी एकै परिवारका सात जनाको मृत्यु
: इराकको राजधानी बग्दादधेरै विष्फोट भएका छन् । जसमा कम्तीमा चार जनाको मृत्यु भएको छ । एक इरान समर्थित समूहले प्रयोग गर्ने भवनमा गरिएको हवाई आक्रमणमा यी मानिसहरूको ज्यान गएको हो । साथै, साक्षी र सुरक्षा स्रोतहरूका अनुसार अमेरिकी राजदूतावासलाई लक्षित गर्दै ड्रोन आक्रमण पनि गरिएको छ । मंगलबार बिहानै ग्रिनजोनमा रहेको अमेरिकी दूतावास नजिक ...