मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग २–२ को रोमाञ्चक बराबरी
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग २–२ को रोमाञ्चक बराबरी

— मोहमद सलाहले खेलको अन्त्यतिर गरेको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ । उपाधिको होडका दुई प्रतिद्वन्द्वीबीचको खेलमा आर्ने स्लटको लिभरपुल सिजनको दोस्रो हारतर्फ अग्रसर देखिएको थियो ।



तर इमिरेट्समा भएको खेलमा सलाहले खेल सकिन नौ मिनेट अगाडि गोल गरे । आर्सनलले बुकायो साकाको गोलले अग्रता लिएपछि भर्जिल भान डाइकले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए ।


पहिलो हाफ अगाडि नै मिखेल मेरिनोले आर्सनलका लागि गोल गर्दै फेरि अगाडि राखेका थिए । त्यसपछि सलाहले सिजनको आफ्नो व्यक्तिगत १३ गोल गरे । आइतबारको खेलमा सबैभन्दा ठूलो विजेता भने म्यानचेस्टर सिटी रह्यो ।

अघिल्लो दिन विजयी रहेका सिटी अब २३ अंकमा शीर्षमा रह्यो भने उसको पछाडि २२ अंकमा लिभरपुल रह्यो । दिनका अन्य खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हरायो भने टोटनहम क्रिस्टल प्यालेससँग १–० ले पराजित रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:३० देखि सुरु हुनेछ। खेलका लागि दुवै टोली तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन्। खेलअघि मंगलबार रंगशालामा आयोजित प्री-म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टिम बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली ...
। लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ । लुम्बिनी लायन्सले मंगलबार सामाजिक सञ्जालमार्फत कटिङलाई अनुबन्ध गरिएको जनाएको छ । ३७ वर्षीय अलराउण्ड कटिङले विश्वका प्रमुख्य टी-२० फ्रेन्चाइज लिगहरु इन्डियन प्रिमियर लिग, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग समेत खेलेको अनुभव छ । उनले अष्ट्रेलियाको राष्ट्रिय ...
। बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार ...
: नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले बिक्री गर्ने भएको छ। साफ महिला च्याम्पियनसिपको बुधबार हुने फाइनलका लागि तीन स्थानमा काउन्टर राखेर टिकट बिक्री गर्ने भएको हो। एन्फाले आज पत्रकार सम्मेलन गरेर टिकट बुधबार बिहान ८ बजेबाट जावलाखेलको फुटबल मैदान, एन्फा कम्पुले र भद्रकाली आर्मी गेटबाट बिक्री हुने ...
। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० ...