मुख्य समाचार
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

: नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै नेपालले छैटौं पटक फाइनलमा स्थान बनाएको हो ।



साफ च्याम्पियनसिपको सातौं संस्करण चलिरहँदा नेपाल सन् २०१६ मा मात्रै फाइनलमा पुग्न असफल भएको थियो । नेपालले उपाधिका लागि बिहीबार साविक विजेता बंगलादेशको सामना गर्ने छ । आइतबार नै भएको सेमिफाइनलमा भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा दबाबमा खेल खेलेका थिए । खेलको दोस्रो हाफ तनावपूर्ण बन्दा झन्डै दुई घण्टा खेल ढिलासम्म सञ्चालन भएको थियो ।




भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहँदा भुटानकी रेफ्री ओम चोकीले नेपाललाई खेल सञ्चालन गर्न लगाएकी थिइन् । भारतीय खेलाडी बाहिर रहेका कारण प्रिति राईले लामो प्रहार गर्दै गोल गरेकी थिइन् ।
नेपालकी फरवार्ड रेखा पौडेललाई खेलको ५१औं मिनेटमा दोहोरो पहेंलो (रातो) कार्ड दिएपछि दर्शकले नाराबाजी गर्दै मैदानमा पानीका बोलत फालेका थिए । जसका कारण करिब १५ मिनेट खेल रोकिएको थियो । खेल सुरु भएलगत्तै १० खेलाडीमा सीमित नेपालमाथि दबाब बनाउँदै भारतले गोल गरेको थियो । ७२औं मिनेटमा संगीता बाँसफोरेले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

null

भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहँदा भुटानकी रेफ्री ओम चोकीले नेपाललाई खेल सञ्चालन गर्न लगाएकी थिइन् । भारतीय खेलाडी बाहिर रहेका कारण प्रिति राईले लामो प्रहार गर्दै गोल गरेकी थिइन् । तर, रेफ्री चोकीले गोल नदिएपछि फेरि दर्शकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसका कारण एक घण्टाभन्दा बढी समय खेल अवरुद्ध भएको थियो ।

एक घण्टाभन्दा ढिलो गरी खेल सुचारु भएलगत्तै नेपालले गोल फर्काएको थियो । प्रीति राईले उपलब्ध गराएको सुन्दर पासलाई नियन्त्रणमा लिँदै सावित्रा भण्डारीले भारतीय गोलरक्षक वाङखेमदेवीलाई छक्याउँदै गोल गरेकी थिइन् । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

टाइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता राना, सविता रानमगर र अमिशा कार्कीले गोल गरेका थिए । यस्तै भारतका मनिषा र पुरुषोत्तम शिरभोइकरले गोल गर्दा आशतलादेवी लौतोङबाम र चानु सोरोखाइबम चुकेका थिए । आशलतादेवीको प्रहार पोलमा लागेर फर्किएको थियो भने सारोखाइबमको प्रहार नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पारेकी थिइन् ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेका हुन् । सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा पनि यी दुई टोलीले फाइनल खेलेका थिए ।

उक्त फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । नेपालले साफ च्याम्पियनसिप आयोजना गरेको तेस्रो पटक हो । यसअघि सन् २०१९ र २०२२ को संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म पाँचपटक उपाधि जितिसकेको छ । यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ । पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ । नेपालले चार पटक भारतसँग फाइनलमा पराजय बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित