— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वानमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मार्सेलाई ३–० ले पराजित गरेको छ । स्टेड भेल्डोरोममा प्राप्त यस जितपछि पीएसजीले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो स्थिति अझ बलियो बनाएको छ ।
अब नौ चरणको खेल टुंगिदा पीएसजीको २३ अंक भएकोछ । मार्से भने १७ अंकमा तेस्रो स्थानमा रह्यो । मोनाका २० अंकमा दोस्रो स्थानमा छ । फ्रान्सेली फुटबलको सबैभन्दा ठूलो मानिने खेलमा पीएसजीले पहिले हाफमै तीन गोलको अग्रता लिएको थियो ।
मार्सेले भने दस खेलाडीमा सीमित रहेर खेलेको थियो । उसका एमिन हारिट सिधा रातो कार्डमा मैदान छाड्न बाध्य रहे । जाओ नेभेसले पीएसजीका लागि पहिलो गोल गरेपछि मार्से कप्तान लियोनार्डो बेलेर्डीले आत्मघाती गोल गरे ।
तेस्रो गोलभ ने बार्डली बारकोलाको नाममा रह्यो । मार्सेसामु आफ्नो घरेलु मैदानमा भएको खेल जितेर पीएसजीसँग अंक बराबरी गर्ने अवसर थियो । तर त्यसमा मार्से सफल रहेन ।