मुख्य समाचार
साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा
साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा

। साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा पहिल्यै गरेका हुन् । आइतबार बेलुका र्‍यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए ।

राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका लागि फिल्म क्षेत्र छाडेको पुष्टि गरेका छन् । अभिनेताले आइतबार आफ्नो पहिलो र्‍यालीमा फ्यानसँग पनि कुरा गरे ।


विजयले तमिलनाडुमा फ्यानसँग कुरा गर्दै भने, ‘मैले करिअरको शिखरमा आइपुगेर फिल्मलाई लात हानें र आफ्नो पारिश्रमिकलाई पनि लात मारें । म यहाँहरु सबैको विश्वास लिएर तपाईंको विजयको रुपमा आएको हुँ ।’

गत सेप्टेम्बर सार्वजनिक एक रिपोर्टमा विजयलाई धेरै कमाउने भारतीय अभिनेताको रुपमा चित्रण गरिएको थियो ।


इ-टाइम्ससहित केही भारतीय सञ्चारमाध्यमका अनुसार थलापति विजयले आगामी फिल्म ‘थलापति ६९’ को लागि २७५ करोड भारु पारिश्रमिक लिएका छन् । विजयले तमिल फिल्ममा आफ्नो प्रवेशको बारेमा पनि कुरा गरे । उनले भने, ‘मेरो सिनेमा करिअरको सुरुमा मलाई मेरो अनुहार राम्रो छैन, म राम्रो देखिन्न, मेरो कपाल र मेरो चाल पनि राम्रो थिएन भनेर भनिएको थियो । उनीहरुले मलाई यसरी लज्जित तुल्याए ।’

यस्ता आलोचनाले आफूलाई असर गर्न नदिने उनले बताए । विजयले आफ्नो छाप बनाउन र सबैलाई गलत साबित गर्न कडा मेहनत गरेको बताए ।

विजय तीन दशकभन्दा बढी समयदेखि फिल्म उद्योगमा सक्रिय छन् । उनले बाल कलाकारको रुपमा वेत्री, कुटुम्बम्, वसन्त रागम र सत्तम ओरु विलायट्टु जस्ता फिल्ममा अभिनय गरे ।

उनले सन् १९९२ मा ‘नालैया थेरपु’बाट डेब्यु गरेका थिए । उनले नेन्जिनिले, मिनसारा कन्ना, गिल्ली, शिवकासी, पोक्किरी, अझागिया तमिल मगन र कुरुवी लगायत ६८ वटा फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘ग्रेटेस्ट अफ अल टाइम (गोट) हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...
। प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका सार्वजनिक भएको यो गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ । शुक्रबार बिहान ७ बजेसम्म यो गीतलाई २१ लाख पटक हेरिएको छ । यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश ...