मुख्य समाचार
जापानको टोकियोस्थित नेपाली दूतावासले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्ने
जापानको टोकियोस्थित नेपाली दूतावासले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्ने

। जापानको टोकियोस्थित नेपाली दूतावासले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न नोभेम्बरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको दूतावासले जनाएको छ ।

घुम्ती सेवा सिजुओका, सेन्डाइ र नागोयामा सञ्चालन हुनेछ । दूतावासका अनुसार सिजुओकामा नोभेम्बर ९ र १० मा बिहान १० देखि ५ बजेसम्म शिविर सञ्चालन हुनेछ भने नागोयामा ११, १२ र १३ शिविर सञ्चालन गरिने दूतावासले जनाएको छ ।

यस्तै, सेन्डाइमा १४ र १५ तारिखमा शिविर सञ्चालन हुनेछ । यहाँको शिविरबाट फुकुसिमा प्रान्तमा रहेका नेपालीले पनि सेवा लिन सक्नेछन् ।

शिविरमा सेवा लिनका लागि फाराम भर्ने व्यवस्था गरिने र त्यसबारे थप जानकारी गराइने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। लामिछानेले इन्कारी बयान दिए पनि १,८०,००० थान शेयरमा लगानी गर्न इच्छा भएको भन्दै निवेदन दिएको आदेशमा उल्लेख छ। 'स्वर्णलक्ष्मी बहुउद्देश्यीय ...
: जापानको दक्षिण-पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउनसक्ने जापानी अधिकारीहरूले चेतावनी दिएका छन्। जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१:१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ। जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ।
: विश्वकै सबैभन्दा वृद्ध जापानी महिला तोमिको इतोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले घोषणा गरेको छ। चार छोराछोरी तथा पाँच नातिनातिना भएको इतोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले जानकारी दिए। उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो। स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् ...
: जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रभावकर थकाली, समीर बुद्धचार्य,मोहन बुढाथोकी र राजेन्द्र घर्तीलाई निष्काशित गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरू केही दिनअघि नेपाल आइपुगेका हुन्। कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो। यद्दपि उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्ने विषय ...
। जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसंख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ । सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको छ । सामाजिक ...