मुख्य समाचार
मतदातालाई दिने १० लाख डलर उपहार रोक्न अदालतमा मुद्दा
मतदातालाई दिने १० लाख डलर उपहार रोक्न अदालतमा मुद्दा

। फिलाडेल्फियाका मुख्य अभियोजकले अर्बपति इलोन मस्कले मतदातालाई दिने भनेको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छन् ।

स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको अमेरिका पिएसीविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गरेका हुन् ।




‘फिलाडेल्फिया जिल्ला अटर्नीलाई सार्वजनिक उपद्रव र अवैध चिठ्ठासहित अनुचित व्यापार अभ्यासहरूबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी दिइएको छ’ क्रासनरले विज्ञप्तिमा भनेका छन्, ‘जिल्ला अटर्नीलाई निर्वाचनको अखण्डतामा हस्तक्षेपबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी पनि दिइएको छ ।’

गत हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पिएसीलाई एक पत्र पठाउँदै उसको १० लाख डलरको उपहारले सङ्घीय कानून उल्लङ्घन गर्नसक्ने चेतावनी दिएको थियो । उक्त कानूनले मतदान दर्ताका लागि मानिसहरूलाई भुक्तानी गर्न प्रतिबन्ध लगाउँछ ।




एक्सका मालिकसमेत रहेका ५३ वर्षीय मस्कले जुलाईमा समर्थन गरेपछि रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्न आफ्नो लाखौँ डलर, समय र उल्लेखनीय प्रभावको लगानी गरिरहेका छन् ।

मस्कले निर्वाचनका लागि कोष सङ्कलन गर्ने संस्था, आफ्नो व्यक्तिगत ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई ११ करोड ८० लाख डलर दान गरेको बताइएको छ ।

उनी पेन्सिलभेनियामा ट्रम्पको चुनावी र्‍यालीमा मञ्चमा देखा परेका छन् र नोभेम्बर चुनावमा महत्त्वपूर्ण मानिएको यस स्विङ स्टेटमा आफ्नै टाउन हल शृङ्खला आयोजना गरेका छन् ।

पहिले बाराक ओबामालाई समर्थन गरेका तर पछिल्ला वर्षहरूमा क्रमशः कन्जरभेटिभ हुँदै गएका मस्कले एक्समा आफ्ना २० करोड २० लाख फलोअर्सहरूलाई दैनिक रूपमा ट्रम्पको प्रशंसा र उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसको निन्दा गर्ने सन्देशहरू दिइरहेका छन् ।

-रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...