मुख्य समाचार
नेपालले स्कटल्याण्डको सामना गर्दै
नेपालले स्कटल्याण्डको सामना गर्दै

। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ ।

खेल ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा राम्रो ब्याटिङ गर्दै २८६ रन बनाए पनि नेपालले स्कोर डिफेन्ड गर्न सकेन ।

नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ । २०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग टु को पहिलो सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । त्यो नै नेपालको एक मात्र जित हो । त्यस सिरिजमा त्यसपछिका दुई खेल हारेको नेपाल गत महिना क्यानडामा भएको सिरिजमा जितविहीन बन्यो ।

अहिलेसम्म ९ खेलबाट जम्मा ३ अंक रहेको नेपाल ८ टोली सम्मिलित लिग टु को सातौं स्थानमा छ । नेपालले ९ मध्ये ७ खेल हारेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अंक पाएको थियो ।

हेड टु हेड

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ओडीआईमा ६ खेल भएका छन् । सबै खेल अघिल्लो लिग टु साइकलमा भएको थियो । जहाँ नेपाल र स्कटल्याण्डले दुवैले समान ३ खेल जितेका थिए ।

नेपालले स्कटल्याण्डलाई पछिल्लो दुई खेलमा कीर्तिपुरमा पराजित गरेको थियो ।

२०२२ जुलाईमा स्कटल्याण्डमै भएको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई ५ विकेटले हराएको थियो । त्यसपछि अर्को खेलमा नेपाल ८ विकेटले पराजित भयो ।

लिग टु अन्तर्गत नै २०२२ डिसेम्बरमा नामिबियामा भएको खेलमा नेपाल ३ विकेट र ८ विकेटले पारजित भएको थियो ।

२०२३ फेब्रुअरीमा नेपालमै भएको लिग टु मा भने नेपालले सानदार प्रदर्शनै गर्दै स्कटल्याण्डलाई दुवै खेलमा हराएको थियो । नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...