मुख्य समाचार
भारतमा बमको झुटो खबर दिएको आरोपमा एक जना पक्राउ
भारतमा बमको झुटो खबर दिएको आरोपमा एक जना पक्राउ

। भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

न्यूज १८ इण्डियाले उल्लेख गरेअनुसार, नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो ।


नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ ।

पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए ।


पुस्तकबारे व्याख्या गर्दै उनले यसमा आतंकवादलाई जरैदेखि सक्ने उपायबारे लेखेको बताएका थिए ।

हिन्दी भाषामा लेखिएको उनको पुस्तक अंग्रेजीमा पनि अनुवाद भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, महाराष्ट्र प्रहरीका डीसीपी स्वेता खेड्करको नेतृत्वमा भएको अनुसन्धान उन्केसम्म पुगेको थियो । उनी यसअघि पनि २०२१ मा पक्राउ परेका थिए ।

उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।

प्रहरीका अनुसार, उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्री लगायतलाई पनि इमेल पठाएको भेटिएको छ ।

नेपालमा पनि सोमबार एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि केही घन्टा विमानस्थल अस्तव्यस्त बनेको थियो । त्यसअघि भिस्टारा एयरवेजको विमानमा पनि बम रहेको हल्ला फैलिएको थियो ।

७ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, दुवैपटक शंकास्पद वस्तु फेला परेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको समुन्द्री नाका ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताएका हुन् । ‘यदि हामी आतंकी राज्य इरानको बाँकी संरचना समाप्त गरिदियौँ र उक्त ‘स्ट्रेट’(होर्मुज) को जिम्मेवारी ...
: ​​​​​​ इरानले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार अली लारीजानीको हत्याको बदला लिने घोषणा गर्दै इजरायलमाथि 'तीव्र' सैन्य कारबाही सुरु गरेको छ। इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमहरूका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका उच्च अधिकारीहरूले यो आक्रमण लारीजानीको हत्याको प्रत्यक्ष प्रतिउत्तर भएको पुष्टि गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एयरोस्पेस फोर्सका कमाण्डर सरदार मौसावीले एक 'द्रुत आक्रमण'को उद्घोष ...
: आफ्नो श्रीमानको मृत्युपछि शोकसम्बन्धी बालबालिकाका लागि पुस्तक प्रकाशित गरेकी एक आमालाई अन्ततः आफ्नै श्रीमानको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकाको युटा राज्यको एक जूरीले २०२२ मा मृत्यु भएका एरिक रिचिन्सको हत्याको मामिलामा कोउरी रिचिन्सलाई हत्यासहित सबै आरोपमा दोषी ठहर गरेको छ । एरिकको मृत्यु घातक मात्रामा फेन्टानिल लागेर भएको थियो । सोमबार अन्तिम ...
भारतको राजधानी दिल्लीस्थित पालम इलाकामा बुधबार बिहान भएको एक भीषण आगलागीमा परी एकै परिवारका सात जनाको मृत्यु
: इराकको राजधानी बग्दादधेरै विष्फोट भएका छन् । जसमा कम्तीमा चार जनाको मृत्यु भएको छ । एक इरान समर्थित समूहले प्रयोग गर्ने भवनमा गरिएको हवाई आक्रमणमा यी मानिसहरूको ज्यान गएको हो । साथै, साक्षी र सुरक्षा स्रोतहरूका अनुसार अमेरिकी राजदूतावासलाई लक्षित गर्दै ड्रोन आक्रमण पनि गरिएको छ । मंगलबार बिहानै ग्रिनजोनमा रहेको अमेरिकी दूतावास नजिक ...