मुख्य समाचार
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाए
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाए

: अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार उक्त कार्यक्रममा ६०० भन्दा बढी नेपाल भारत मूलका मानिसले भाग लिएका थिए।



भारतीय-अमेरिकी सांसदहरू, अधिकारीहरू र व्यवसायी नेताहरूलाई सम्बोधन गर्दै,बाइडेनले ह्वाइट हाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो दिवाली कार्यक्रम आयोजना गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका छन्।

बाइडेनले भने, 'राष्ट्रपति, उपराष्ट्रपति र सिनेटरको रूपमा आफ्नो कार्यकालमा मैले ठूलो संख्यामा भारतीय-अमेरिकीहरूसँग काम गरेको छु। दक्षिण एसियाली अमेरिकी समुदायले अमेरिकी जीवनको हरेक भागलाई समृद्ध बनाएको छ। यो संसारमा सबैभन्दा छिटो बढिरहेको समुदाय हो। अहिले ह्वाइट हाउसमा दीपावली गर्वका साथ मनाइन्छ।'

यस पटक उपराष्ट्रपति कमला ह्यारिस र प्रथम महिला जिल बाइडेन भने दीपावलीमा सहभागी भएका थिएनन्। जिल र कमला कार्यक्रममा आउन चाहेको तर प्रचारमा व्यस्त रहेको बाइडेनले बताए।

जर्ज बुसको पालामा ह्वाइट हाउसमा दीपावली सुरु

एएनआईका अनुसार दीपावली मनाउने परम्परा पहिलो पटक सन् २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको कार्यकालमा ह्वाइट हाउसमा सुरु भएको थियो। तर उक्त कार्यक्रममा उनी व्यक्तिगत रूपमा कहिल्यै संलग्न भएनन्।

सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बनेपछि ह्वाइट हाउसमा आफू सहभागी भएर दीपावली मनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...