मुख्य समाचार
काठमाडौं महानगरले तोक्यो फूल बेच्‍न ४६ स्थान, प्लाष्टिकका फूल प्रतिबन्ध
काठमाडौं महानगरले तोक्यो फूल बेच्‍न ४६ स्थान, प्लाष्टिकका फूल प्रतिबन्ध

: काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूल बिक्री गर्न ४६ स्थान तोकेको छ। तिहारमा स्वदेशी फूल उत्पादन किसानलाई प्रोत्साहन गर्न फूल बिक्री वितरण केन्द्रको व्यवस्था गरिएको महानगरले जनाएको छ।

महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गर्न निषेध गरिएको बताएका छन्। फूल बिक्रेता किसानहरूलाई सहज बनाउन मल,मार्ट पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन्।

महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप,तीनकुने चउर, हाँडी गाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्न स्थान मिलाएको मिलाएको थियो।

'काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली,नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो । गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप,तीनकुने चउर,हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ,'उनले सामाजिक सञ्जालमा लेखेका छन्।

मेयर साहले आफूलाई पायक पर्ने स्थान छनोट गरी फूल बिक्री गर्न आग्रह समेत गरेका छन्। यसका लागि महानगर प्रहरीले सहजीकरण गर्ने उनको भनाइ छ। कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने महानगरले जनाएको छ।

फूल बिक्री गर्न तोकेका स्थानहरू

१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विषयमा गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आमनेसामने भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एकले अर्कोप्रति प्रश्न र प्रतिवाद गरे । राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि छलफल राखेको थियो । छलफलको विषय विधेयक भए पनि लामिछाने समितिकै ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ । त्यसका लागि तयारी थाल्न सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिइसकिएको स्रोतले बतायो ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा आज बालुवाटरमा भएको प्रदर्शनका क्रममा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको बताउँदै रास्वपाले भर्त्सना गरेको छ । कार्यवहाक महान्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गर्दै शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला ...
: कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्। भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका हुन् । एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा ...
। सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिंदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन कपडाजन्य मालाको बिक्री वितरण भइरहेको बताए ...