मुख्य समाचार
लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई नेपाल प्रिमियर लिगका लागि अनुबन्ध
लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई नेपाल प्रिमियर लिगका लागि अनुबन्ध

। लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ ।

लुम्बिनी लायन्सले मंगलबार सामाजिक सञ्जालमार्फत कटिङलाई अनुबन्ध गरिएको जनाएको छ ।

३७ वर्षीय अलराउण्ड कटिङले विश्वका प्रमुख्य टी-२० फ्रेन्चाइज लिगहरु इन्डियन प्रिमियर लिग, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग समेत खेलेको अनुभव छ ।

उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि ४ ओडीआई र ७ टी-२० आई खेल खेलेका छन् । बेन कटिङ हार्ड हिटिङका लागि चिनिन्छन् । राष्ट्रिय टिममा धेरै खेल्न नपाए पनि फ्रेन्चाइज क्रिकेटमा भने बेन कटिङ परिचित नाम हो ।


सन् २०१८ मै श्रीलंकाविरुद्ध टी-२०आई मा डेब्यु गरेका कटिङले पछिल्लो पटक २०१७ मा टी-२० आई खेल खेलेका थिए ।

उनले बिग बास लिगमा ११७ खेल खेलेका छन् । यस्तै पाकिस्तानी लिगमा २७ र आईपीएलमा २१ खेल खेलेका छन् ।

कटिङको आगमनले एनपीएल र नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्‍याउन मद्त गर्ने लुम्बिनी लायन्सको विश्वास छ ।

लुम्बिनीले यसअघि इंग्लिस विकेटकिपर टम मुर्सलाई अनुबन्ध गरिसकेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले मुख्य प्रशिक्षकमा भारतीय नन्दन फडनिसलाई अनुबन्ध गरेको छ । यस्तै नेपाली क्रिकेटका लेजेण्ड शक्ति गौचन लुम्बिनीको कन्सलट्यान्ट प्रशिक्षकमा छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनमा मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने एनपीएलमा लुम्बिनीसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित