मुख्य समाचार
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल पाँच विकेटले विजयी
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल पाँच विकेटले विजयी

: नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ।अमेरिकाको डालसमा आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डविरुद्ध नेपालले शानदार जित हासिल गरेको हो।


४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले ५ विकेट गुमाएर २९.५ ओभरमा पूरा गरेको हो। null

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट र आरिफ शेखले एक विकेट लिएका थिए। तीव्र गतिका बलर करणले पहिलो ओभरमै ओपनर चार्ली टिअरलाई बोल्ड आउट गरेका थिए। स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले २० रन पनि कटाउन सकेनन्।


जवाफि ब्याटिङमा उत्रिएको नेपालका लागि आरिफ शेखले सर्वाधिक ५१ रनको योगदान दिए। त्यसैगरी कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन, आसिफ शेखले २१ रन र अनिल शाहले १३ रन बनाए।null

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट, ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले १/१ विकेट लिएका थिए।

पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। लिग-२ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ। नेपालले आगामी शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्ने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...