मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त

। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको छ ।

एएफसीले वार्षिक अवार्ड कार्यक्रममा मंगलबार एन्फालाई गोल्ड क्याटेगोरी अन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको एन्फाले जनाएको छ ।


दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीको ग्राण्ड पिस प्यालेसमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उक्त अवार्ड ग्रहण गरे ।

एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अन्तर्गत प्लाटिनम क्याटेगोरीको अवार्ड जापान फुटबल संघ र डायमण्ड क्याटेगोरीको अवार्ड थाइल्याण्ड फुटबल संघले प्राप्त गर्‍यो । यस्तै रुबी क्याटेगोरीको अवार्ड लाओस फुटबल संघले पायो ।




एएफसी रिजनल एसविएसन अफ दि इअरको अवार्ड सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा)ले प्राप्त गर्‍यो ।

एन्फाले भने फिफा र एएफसीको सिद्धान्तहरू अनुरूप आफ्नो विधान र संहिता विकास गरी सुशासनको उच्चतम स्तर कायम गरेकाले अवार्ड प्राप्त गरेको जनाएको छ ।

एएफसीको वार्षिक अवार्ड कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी प्रशिक्षक लगायत विभिन्न अवार्ड वितरण गरिएको थियो ।

कतारका अक्रम अफिफले पुरुषतर्फ एएफसी प्लेअर अफ दि इअर अवार्ड पाए भने महिलातर्फ जापानकी किको सेइकेले अवार्ड प्राप्त गरिन् । यस्तै एएफसी कोच अफ दि इअर पुरुषतर्फ जापानका गो ओइवा तथा महिलातर्फ दक्षिण कोरियाका पार्क योङ जोउङले पाए ।

फिफा अध्यक्ष जियानी इन्फान्टिन्होलाई एएफसी डायमण्ड अफ एसिया सम्मान प्रदान गरियो । एएफसी एसियन कप होस्ट अप्रेसिएसन अवार्ड कतार फुटबल संघ र एएफसी प्रेसिडेन्ट रिकगनिसन अवार्ड फर आउटस्ट्यान्डिङ कन्ट्रिबुसन साउदी अरेबियन फुटबल महासंघलाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित