मुख्य समाचार
न्युजिल्याण्डको विमानस्थलमा अंकमालको समयसीमा अधिकतम ३ मिनेट, लामो गर्नेलाई कारबाही
न्युजिल्याण्डको विमानस्थलमा अंकमालको समयसीमा अधिकतम ३ मिनेट, लामो गर्नेलाई कारबाही

। विमानस्थलमा आफ्ना प्रियजनलाई स्वागत तथा बिदाइ गर्दा अँगालो हाल्ने अर्थात् हग गर्ने गर्छौं हामी । यस्तो अंकमाल कति लामो समयसम्म गर्ने भन्ने कुरामा कुनै समयसीमा तोकियो भने के होला ? यस्तो कुरा सायद तपाईंले कल्पना पनि गर्नुहुन्न ।

तर न्युजिल्याण्डको एक विमानस्थलमा भने एकअर्कासँग अंकमाल गर्नका लागि अधिकतम ३ मिनेटको समयसीमा तोकिएको छ । यदि त्यसभन्दा लामो समयसम्म अंकमाल गरेमा सजायँको भागीदार बन्नु पर्दछ ।

त्यहाँको डुनेडिन विमानस्थलमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा त्यस्तो नियम लागू भएको हो । त्यहाँको यात्रु प्रस्थान तथा आगमन कक्षमा अंकमालका लागि अधिकतम ३ मिनेटको समयसीमा तोकिएको छ ।

विमानस्थलमा भिड कम गर्न तथा सुरक्षा व्यवस्थालाई बलियो बनाउनका लािग त्यस्तो नियम लागू गरिएको बताइएको छ । विमानस्थल व्यवस्थापनका अनुसार एयरपोर्टको ड्रपअफ क्षेत्रमा आमरुपमा त्यसका लागि चेतावनी सन्देश लेखिएको हुन्छ र त्यो उल्लंघन गरेमा जरिवानाको प्रावधान समेत रहेको छ ।


ड्रप अफ जोनमा धेरै भिड नलागोस् र मानिसहरु सुरक्षाका कारणले पनि व्यर्थमा धेरै लामो समयसम्म नरोकिउन् भन्नका लागि अंकमाल गर्ने समयको अधिकतम सीमा राखिएको हो । त्यसबाट विमानस्थल तथा यात्रु र आगन्तुकको सुरक्षामा कुनै प्रकारको समस्या सिर्जना नहुने दाबी विमानस्थलका अधिकारीहरुको छ ।

विमानस्थल व्यवस्थापनको तर्क के छ भने २० सेकेण्डको आलिंगन व्यक्तिको शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जन गर्नका लागि पर्याप्त छ । त्यसभन्दा लामो अंकमाल वास्तवमै दिक्कलाग्दो हुन्छ । त्यसैले आफ्ना परिवार तथा प्रियजनलाई विमानस्थलमा बिदाइ गर्न आएको समयमा भावनात्मक रुपमा अनावश्यक लामो समय लिनु लाभदायक हुँदैन ।

यो नियम लागू भएपछि सबै यात्रुका आफन्तलाई अंकमाल गर्ने पर्याप्त समय र ठाउँ उपलब्ध हुने र अनावश्यक रुपमा लामो समयसम्म त्यहाँ बस्ने मानिसहरुको संख्या कम हुने आशा गरिएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...