मुख्य समाचार
अन्तिम १६ को खेलमा आर्सनलले प्रिस्टनलाई ३–० ले हरायो
अन्तिम १६ को खेलमा आर्सनलले प्रिस्टनलाई ३–० ले हरायो

— इंग्लिस लिग कपको क्वार्टरफाइनलमा प्रिमियर लिगका सबै ठूला क्लब नै भिड्ने भएका छन् । बुधबार राति अन्तिम १६ को खेलमा आर्सनलले प्रिस्टनलाई ३–० ले हरायो । अब उत्तरी लन्डन क्लबले अर्को चरणमा त्रिस्टल प्यालेसको सामना गर्नेछ ।



प्यालेसले १६ वर्षयता पहिलो पटक लिगकपको क्वाटरफाइनल खेल्न एस्टन भिल्लालाई २–१ ले पराजित गर्‍यो । दिनको सबैभन्दा ठूलो खेलमा भने टोटनहमले म्यानचेस्टर सिटीलाई सिजनकै पहलो हार चखायो ।


टोटनहमले सिटीलाई घरमा २–१ ले हराएको हो । त्यसमा टिमो वार्नर र पेप माटरले गोल गरे । अब उसले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेडले भने लेस्टर सिटीमाथि ५–२ को जित रच्यो ।

यस्तै लिभरपुलले ब्राइटनलाई ३–२ ले हरायो र अब उसले साउथह्याम्पटनको सामना गर्नेछ । साउथह्याम्पटनले भने स्टोक सिटीको चुनौती समाप्त पारेको हो । यस्तै न्युकासलले चेल्सीलाई २–० ले पन्छायो र उसले ब्रेन्टफोर्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित