मुख्य समाचार
तिहारमा मात्रै २० करोड रूपैयाँसम्मकाे अम्रिसाे कुचो बिक्री
तिहारमा मात्रै २० करोड रूपैयाँसम्मकाे अम्रिसाे कुचो बिक्री

— नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले तिहारमा मात्रै १५ देखि २० करोड रूपैयाँसम्मको अम्रिसो कुचो खपत हुने बताएका छन् ।धनतेरसकाे दिन सुनचाँदी, तामाका भाडा, बेसार, धनियाँ तथा कुचाे किनेर लक्ष्मीपूजा गर्ने प्रचलन रहेकाले तिहारमा धेरै कुचाे बिक्री हुने गरेकाे कार्कीले जनाए ।



कुल बिक्रीमध्ये ४० प्रतिशत कुचो काठमाडौं उपत्याकामा मात्रै खपत हुने गरेको कार्कीले बताए । ‘सबैभन्दा धेरै काठमाडौंमा बिक्री हुन्छ, त्यसपछि पोखरा विराटनगरजस्ता ठूला शहरहरुमा कुचो खपत हुन्छ,’ उनले भने । कुचाे तथा झाडुले नकरात्मक ऊर्जालाइ धपाएर सकरात्मक ऊर्जा सिर्जना गर्ने भएकाले तिहारमा कुचाे धेरै बिक्री हुने कार्कीको भनाइ छ । यस वर्षकाे तिहारमा कुचाे प्रतिगाेटा ४५ रूपैयाँदेखि ४ सय रूपैयाँसम्म कारोबार भइरहेको उनले बताए ।


नेपालमा तिहारकाे बेला अत्यधिक खपत हुने कुचाे अन्यबेला भारत निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ३३ करोड ७ लाख रूपैयाँको कुचो निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको साेही अवधिमा कुचो निर्यात घटेको विभागको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको तीन महिनामा ३६ करोड ७३ लाख रूपैयाँको कुचो निर्यात भएको थियो । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४२ लाख ७७ हजार २५० किलो कुचो निर्यात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ३० लाख ६२ हजार १९० किलो कुचो निर्यात भएको थियो । नेपाली कुचोको बजार भारत मात्रै रहेको छ । नेपालमा पनि सबैभन्दा धेरै कुचो तिहारमा खपत हुने गरेको छ ।

आर्थिक वर्ष ०७१/७२ देखिको तथ्यांक विश्लेषण गर्दा गत आर्थिक वर्ष सबैभन्दा बढी कुचो निर्यात भएको थियो । गत आर्थिक वर्ष १ अर्ब ३२ करोड ५२ लाख रूपैयाँको कुचो भारत निर्यात भएको विभागले जनाएको छ । नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुने नेपाल कुच्चो संघले जनाएको छ  । उत्पादित २५ प्रतिशत कुचो देशभित्रै खपत हुने संघका अध्यक्ष कार्कीले बताए । संघले १ प्रतिशत कुचो बंगलादेश निर्यात हुने बताए पनि आर्थिक वर्ष ०७८/७९ यता भारतमा मात्रै कुचो निर्यात भइरहेको विभागको तथ्यांकले देखाउँछ ।

संघका अनुसार इलाम, पाँचथर, संखुवासभा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, पाल्पामा बढी अम्रिसो उत्पादन हुन्छ  । दूध व्यवसायमा लागेकाहरूले घाँसका लागि, बाढी, पहिरो, भूक्षय रोक्ने भएकाले पालिकाहरूले कुचो रोप्न थालेकाले पछिल्लो समय कुचो खेती दिनप्रतिदिन बढिरहेको कार्कीले बताए । भारतमा अर्धप्रशोधित कुचो निर्यात भइरहेको कार्कीले प्रस्ट्याए  ।

आर्थिक वर्ष ०७९/०८० मा १ अर्ब ८८ लाख रूपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो । विभागका अनुसार आर्थिक वर्ष ०७८/७९ मा ६९ करोड ९८ लाख रूपैयाँ बराबरको कुचो भारतमा मात्रै निर्यात भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रूपैयाँ बराबरको कुचो भारत र बंगलादेश निर्यात भएको थियो । त्यस वर्ष ५६ लाख ३७ हजार रूपैयाँको २ लाख ३२ हजार ६ सय किलो कुचो बंगलादेश निर्यात भएको थियो भने ६५ करोड ३१ लाख ७६ हजार रूपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।

आर्थिक वर्ष ७६/७७ मा बंगलादेश र भारतमा गरी ५५ करोड ७४ लाख रूपैयाँ बराबरको कुचो निर्यात भएको थियो । आर्थिक वर्ष ७५/७६ मा भारत र बंगलादेशमा कुल ४० करोड ५७ लाख ३९ हजार रूपैयाँ बराबरको कुचो निर्यात गरेको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७४/७५ मा ५ करोड २९ लाख रूपैयाँ बराबरको कुच्चो निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७१/७२ मा १२ करोड २९ लाख रूपैयाँ बराबरको कुचो निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरू समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ। पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष ...
— गुगलको मूल कम्पनी अल्फाबेटका प्रमुख सुन्दर पिचाईले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को 'बबल' (बजारमा अत्यधिक मूल्यवृद्धि) फुट्यो भने हरेक कम्पनी प्रभावित हुने बताएका छन् । बीबीसीसँगको वार्ताका क्रममा उनले यसो बताएका हुन् । बीबीसी न्यूजसँगको कुराकानीमा सुन्दर पिचाईले कृत्रिम बुद्धिमत्तामा भइरहेको लगानीको वृद्धि एक "असाधारण " मानिए पनि हालको अवस्था अस्वभाविक रहेको बताए। सिलिकन भ्याली ...
। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मै सरकारको खर्च र आम्दानी बीच ठूलो अन्तर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव कात्तिक मसान्तसम्म सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबर भएको छ । यो बीचमा आम्दानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँ मात्र भएको छ । यस ...
: अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको ४१९ संरचनामा ...
। नेपालमा विदेशी लगानी भित्र्याउने र त्यसलाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ अर्थ मन्त्रालयले छुट्टै सम्पर्क इकाइ ‘फोकल युनिट’ स्थापना गरेको छ । मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत विदेशी लगानीकर्ताका लागि फोकल युनिट स्थापना गरिएको हो । अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार यो युनिटले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वय अझ प्रभावकारी ...