मुख्य समाचार
साफ उपविजेता टोलीलाई काठमाडौं महानगरले दियो २५ लाख रुपैयाँ
साफ उपविजेता टोलीलाई काठमाडौं महानगरले दियो २५ लाख रुपैयाँ

— काठमाडौं महानगरपालिकाले उपविजेता नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँबाट पुरस्कृत गरेको छ ।



नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएलगत्तै बुधबारै सोल्टी होटलमा महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एन्फा अध्यक्ष पंकज नेम्बाङको रोहबरमा नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई २५ लाखको चेक हस्तान्तरण गरेका थिए ।


डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ वुमन्स च्याम्पियनसिपको सातौं संस्करणको बुधबार भएको फाइनलमा नेपाललाई उसकै ‘गृह मैदान’ दशरथ रंगशालामा २–१ ले पराजित गरेको हो । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेर पनि नेपाल पराजित भएको यो समेत छैठौं पटक हो ।

काठमाडौं महानगरले बुधबार नेपाली टोलीको खेल उत्कृष्ट रहेको उल्लेख गर्दै भनेको छ, 'खेल उत्कृष्ट थियो । हारजित खेलको प्राविधिक कुरा हो । हार्दिक बधाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई ।' काठमाडौं महानगरपालिकाले टुँडिखेल, सानो गौचरन र गणेशस्थान फुटबल ग्राउन्डमा एलईडी स्क्रिनबाट नेपाल र बंगलादेशबीचको फाइनल खेल देखाएको समेत थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...