मुख्य समाचार
जन्मनासाथ बालबालिकाको ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य
जन्मनासाथ बालबालिकाको ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

। अब नेपालका प्रसूतिसेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण (बर्न स्क्रिनिङ) अनिवार्य हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् ।




जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

निर्णयसँगै विशिष्टीकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसूति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ ।




यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ ।

बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरुमा हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समसयाको निदान थालिने बताएका थिए ।

विश्वमा ६ प्रतिशत बालबालिकामा जम्नासाथ अपांगताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— टोखा नगरपालिका–१ विडारी गाउँ घर भएका ७० वर्षका हलेश्वर विडारी केही वर्षयता दमको रोगी हुन् । दमको समस्या देखिए पनि नियमित औषधि खाने, चिकित्सकको परामर्श लिने गरेका उनी हिँडडुल गर्न सक्ने साथै सामान्य अवस्थामा थिए । तर, उनलाई केही दिन अगाडि सास फेर्न निकै गाह्रो हुने, सास फेर्दा घ्यार, घ्यार आवाज आउने भयो । ...
— बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक गरेको छ। यससँगै अस्पतालको अनलाइन ओपीडी दर्ता सेवा आईओएस प्रयोगकर्ताले पनि लिन सक्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध रहेको एपलाई विस्तार गर्दै आईफोनमा पनि उपलब्ध गराएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ ले बताए ...
: धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन। भवन तयार भइसके पनि सेवा सुरु हुन नसक्दा स्थानीयस्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन् । जनप्रतिनिधिबीचको असमझदारी, कर्मचारीबीचको आन्तरिक विवाद तथा निर्माण प्रक्रियामा देखिएका केही ढिलाइका कारण सेवा सञ्चालनमा समय लागेको स्थानीयले बताएका छन् । २०७७ साल मंसिर १५ गते ...
बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा पुष्टि भएसँगै संक्रमितको संख्या सात पुगेको छ
। जुम्लामा सुत्केरी भएर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरिएकी महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । उपचारको क्रममा राति ...