मुख्य समाचार
नेपाल राष्ट्र बैंकले करिब साढे ४ हजार थान सुनको सिक्का (असर्फी) बिक्री
नेपाल राष्ट्र बैंकले करिब साढे ४ हजार थान सुनको सिक्का (असर्फी) बिक्री

— धनतेरसको अवसरमा नेपाल राष्ट्र बैंकले करिब साढे ४ हजार थान सुनको सिक्का (असर्फी) बिक्री गरेको छ ।



गुणस्तरीय सुन अभावमा यसपटक मंगलबार मात्रै ४ हजार ५ सय २० थान अथवा १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरको असर्फी बिक्री गरेको राष्ट्र बैंक टक्सार विभागले जानकारी दिएको छ । २.५ ग्रामको असर्फी प्रतिथान ३६ हजार ८ सय ६५ रुपैयाँमा बिक्री गरिएको थियो ।


यस वर्ष राष्ट्र बैंकले २.५ ग्रामको मात्र असर्फी बिक्री गरेको थियो । प्रतिव्यक्ति एक थानका दरले एक दिनमात्र उक्त असर्फी बिक्री गरिएको थियो ।

कात्तिक १३ गते चाँदीका सिक्का (मेडालियन) भने १३ हजार ६ सय थानमात्र बिक्री भएको छ । राष्ट्र बैंकले चार प्रकारको सिक्का बिक्री गर्दै आएको छ । जसअनुसार लक्ष्मी अंकित मेडालियन ३ हजार ३ सय थान (५७ लाख ५७ हजार ४ सय रुपैयाँ), गणेश अंकित मेडालियन २ हजार ६ सय थान (३९ लाख ३५ हजार ५ सय रुपैयाँ), गजलक्ष्मी अंकित मेडालियन २ हजार ९ सय थान (३७ लाख ३७ हजार ८ सय रुपैयाँ), गाई अंकित मेडालियन २५ ग्रामको २ हजार ३ सय थान (६९ लाख ४ हजार रुपैयाँ) र गाई अंकित मेडालियन १० ग्रामको २ हजार ५ सय थान (२५ लाख १४ हजार ६ सय रुपैयाँ) सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।

धनतेरसलाई लक्षित गरी राष्ट्र बैंकले कात्तिक ११ देखि असर्फी र सिक्का बिक्री सुरु गरेको हो । चाँदीको सिक्का आजसाँझसम्म बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गोरखकाली रबर उद्योग पुनः सञ्चालन सुझाव कार्यदलले १० महिना लगाएर तयार गरेको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष पेश गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाह नेतृत्वमा गठित पाँच सदस्यीय सुझाव कार्यदलले तयार गरेको १३ पृष्ठको सुझाव प्रतिवेदन बुधबार मन्त्री सिन्हासमक्ष पेश गरेको हो। प्रतिवेदनमा उच्च व्यावसायिक सम्भावना रहेको यस उद्योगको पुनः ...
— नेपाल विद्युत् प्राधिकरणले खुला प्रतिस्पर्धाबाट बिजुली खरिद गर्ने प्रस्ताव माग गरे पनि कुनै प्रस्ताव परेको छैन । प्राधिकरणले १९ जनवरीमा सुक्खायामका लागि भारतबाट १०० मेगावाट बिजुली खरिद गर्ने भन्दै प्रस्ताव मागेको थियो । २८ जनवरीसम्म आवेदन दिन भन्दै सूचना जारी गरे पनि कुनै प्रस्ताव नपरेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जनाए । प्राधिकरणले सुक्खायामका लागि फेब्रुअरीदेखि मेसम्मका लागि भारतबाट ...
। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित आज आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्दै अर्थमन्त्री खनालले तोकिएको समयभन्दा ...
— अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित भई आएका सार्वजनिक निजी साझेदारी मोडेलका सम्भव सबै परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरुलाई अघि बढाउन निर्देशन दिएका हुन् ...
— चिनियाँ पक्षले डिजाइन फाइनल गरिसके पनि नेपाल सरकारले कर छुटसम्बन्धी निर्णय नलिँदा चक्रपथ दोस्रो खण्ड विस्तार परियोजना अगाडि बढ्न सकेको छैन । सुरुका दिनमा चिनियाँ पक्षले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन भने अहिले नेपाल सरकारले समयमै नीतिगत निर्णय गर्न नसक्दा ढिलाइ भइरहेको हो । कर छुटसम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाइसकिएको भौतिक पूर्वाधार तथा यातायात ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम